खुमन र रमिलाको नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक (भिडियोसहित)

इनेप्लिज २०७६ जेठ २२ गते ११:०३ मा प्रकाशित

काठमाडौं– लोकप्रिय गायिका रमिला न्यौपाने र खुमन अधिकारी स्वरमा नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ । बाबुराम बोहोराको शब्द रहेको गीतको संगीत गायक अधिकारीले नै गरेका छन् ।

म्युजिक भिडियोमा अनु पराजुली र गायक अधिकारीले गीतमा नृत्य गरेका छन् । यो म्युजिक भिडियाबाट गायन मात्र होइन नृत्यमा पनि अब्बल रहेको अधिकारीले प्रमाणित गरेका छन् । उनले यस अघि पनि धेरै गितमा अभिनय गरिसकेका छन् ।

तिर्सना म्युजिक प्रा.लिको प्रस्तुति रहेको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन भने निर्देशन प्रकाश भट्टको गरेका छन् । भिडियोको सम्पादन विष्णु शर्माले गरेका छन् ।

भिडियो लिंक

प्रतिक्रिया