ईटहरी/ राउडिजम इन्टरटेन्मेन्टको औपचारिक उद्धघाटन भएको छ । शुक्रबार साँझ इटहरीमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले राउडिजम इन्टरटेनमेन्ट तथा स्ट्याण्डप कमेडीको उद्धघाटन गरेकी हुन् । उद्धघाटनपछि बोल्दै उनले भनिन, म युवाहरुले बोलाएको कार्यक्रममा धेरैजसो जाने गरेको छु, किनभने युवाहरुले कति मिहिनेतले पैसा खोजेर कार्यक्रम गर्न लाग्नुभएको हुन्छ, हामीेले प्रोत्साहन दिनुपर्छ ।
कमेडीको क्षेत्रमा नयाँ पुस्तालाई राउडीजमले कलाकारको रुपमा स्थापित गर्नका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आउनु सराहनीय रहेको बताए । कार्यक्रममा नेपाल विज्ञापन संघ प्रदेश १ का संयोजक तथा पाथिभरा जब लिन्कका प्रमुख पवन अधिकारीले युवाहरुको सक्रियतामा कमेडी क्षेत्रमा काम गर्ने उदेश्यले सञ्चालन भएको उक्त राउडिजमले फन्ट कलेक्सन गर्नुपर्ने बताए । युवाहरुका लागि जस्तोसुकै अवस्थामा पनि आँफूले सहयोग गर्ने बताउँदै उनले भने, एउटा कार्यक्रम गर्न कति संकट हुन्छ, बरु तपाईँहरुले दिनको एक रुपैँया फन्ट कलेक्सन गर्नुहोस् त्यसले पनि केही सघाउ पुग्छ । उनका अनुसार युवाहरुले अब बेरोजगार भएर बस्नुनपर्ने र रोजगारी सृजना गर्न आँफूहरु लागि परेको बताए ।
अहिले बिदेशि भूमिमा काम गर्न युवाहरु जानू भन्दा पनि हामीले राज्यले दिन नसकेको काम दिईरहेका छौँ, उनले भने, हामी तपाईँहरुलाई रोजगारी पनि दिन्छौँ, योग्य र सीप सिक्न आवश्यक छ । कार्यक्रमबारे कम्पनीका निर्देशक नवीनकाजी बस्नेतले प्रकाश पारेका थिए । सहभागीहरुले आफ्नो प्रतिभा प्रष्फुटन गरेका थिए । उडीजमले विभिन्न क्षेत्रमा लुकेर रहेको प्रतिभालाई उजागर गरी समाजमा सभ्य रुपमा बोल्न र कमेडी गर्न सिकाउने अर्का निर्देशक करण चौहानले बताए । उनका अनुसार स्थानीय ठाउँमा कमेडीको क्षेत्रमा काम गर्ने कम्पनी नरहेकाले यो कम्पनी सञ्चालन गरिएको बताए । कार्यक्रम केशब न्यौपानेको सभाध्यक्षमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया