मान्छे निल्ने सडक-मुग्लिन नारायाणगड सडकखण्ड हो शीर्षकमा भनिएको वाक्यलाई प्रमणित गर्ने यो सडकमा २०७१ साल चैत यता भएका सडक दुर्घटना र ज्यान गुमाउनेहरुको गणितले प्रस्ट पार्दछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मुग्लिनका अनुसार यो खण्डमा २०७१ साल चैतयता ८० वटा सवारी दुर्घटनामा ७३ जनाको ज्यान गइसकेको छ। सो अवधिमा भएका दुर्घटनामा १७७ जना घाइते भएको र १४ जना बेपत्ता भएको बताइएको छ। केही समय अगाडी एउटा बस नदीमा खस्दा २५ जनाको ज्यान गएको थियो भने ६ जना बेपत्ता भएका थिए।
तर अहिले यो सडककोमा यात्रा गर्दा कुनै बिकसित देशको सडकमा यात्रा गरेको महशुस हुन्छ भौगोलिक हिसाबले चुनौती पूर्ण रहेको सडक छेउछाउलाई पनि मर्मत गरिएको छ समयमै यो सडक यतिको बनाईदिएको भए धेरैको परिवार संगै हुने थियो कयौका सुन्दुर खाली हुने थिएन,कयौ मानिस टुहुरा हुन्बाट बच्ने थिए नारायणघाट-मुग्लिन सडकबाट दिनमा सयौं सवारी साधन गुड्ने गर्दछन्। ३६ किलोमिटर लामो यो सडकखण्डले तराईको पूर्व-पश्चिम र पहाडको पृथ्वी राजमार्गलाई जोड्दछ।
हेर्नुहोस नारायणगढ देखि मुग्लिनसम्मको अहिले बनेको सुन्दर सडक
प्रतिक्रिया