जन्मजात २ वटा हात नभएकी पवित्राको कृष्ण ओलीको भन्दा दर्दनाक कथा ! यसरी खुट्टाले खाने लेख्ने गर्छिन

इनेप्लिज २०७५ चैत १४ गते ११:२१ मा प्रकाशित

१२ बर्षकी पवित्रा विक पोखरामा हजुरआमासंग बस्दै आएकी छन्। जन्मजात २ वटा हात नभएकी उनी खुट्टाले खाने लेख्ने गर्छिन्। उनको घरपरिवारले धेरै सहयोग गरिरहेका छन्।

उनको लागि उनकी आमा विदेश गएकी छन् भने बा दिनरात नभनी यहि सवारी चलाएर उनको बारेमा सोचीरहेका छन्। उनका बा म्याग्दीमा गाडी चलाउनछन्। तर पोखरा आउदा पवित्रासँगै बस्छन्।

पवित्रालाई साथीभाईसंग खेल्न रमाइलो गर्न मन पर्छ। स्कुलमा आयोजना हुने कार्यक्रममा भाग लिन पनि मन पर्छ तर हात नभएकाले शरीर हुत्तिएर लडिने भएकाले उनले प्रतियोगिताहरुमा भाग लिएकी छैनन्।

उनलाई अरु साथीजस्तै हातले लेख्ने मन छ र आफ्नै हातले आफ्नो कपाल कोर्ने कपडा लगाउने मन छ। कसैले सहयोग गर्दिए म पनि अरु साथी जस्तै हुन्थे हो है भनेर उनले हामीलाई प्रतिप्रश्न गर्दा मेरो मन भक्कानियो। हेर्नुहोस तिनै पवित्रासंगको भिडियो

प्रतिक्रिया