क्यानेडियन नेवा गुठी द्वारा नेपाली तथा भुटानी समूदायको लागि “निशुल्क कर आबेदन शिबिर” सन्चालन

इनेप्लिज २०७५ चैत १३ गते १०:१७ मा प्रकाशित

टोरोन्टो, बिगत का बर्षहरुमा झै क्यानेडियन नेवा गुठी ले नेपाली तथा भुटानी समूदायको लागि टोरोन्टो मा “निशुल्क कर आबेदन शिबिर” सन्चालन गरेको छ । नब आगन्तुक र निम्न आय भएका परिवारहरु लाई लक्षित गरि संचालन गरिएको सो २ वटा शिबिरमा ८१ जनाले कर आबेदन सम्बन्धि सेवा प्राप्त गरेका थिए ।

टोरोन्टोमा बर्षेनि बढ्दै गरेको भुटानी समुदायलाई दृष्टिगत गरि गुठीले उनिहरुको सजिलोको लागि घर दैलो नजिक को पायक पर्ने स्थानमा शिबिर सन्चालन गरेको गुथि श्रोत बताउछन् । शिबिरमा सेवाग्राहिहरुले आफ्नै भाषामा निसन्कोच रुपमा आफ्नो कर सम्बन्धि बिबरण बताइ कर आबेदन गर्न पाएकोमा खुसि ब्यक्त गर्नु हुदै सहयोगि संस्था क्यानेडियन नेवा गुठी लाई धन्यबाद ब्यक्त गरेका थिए । अर्का एकजना सेवाग्राहीले नेपाली संस्थाले भुटानी समुदायको लागि पनि सहयोगको हात बढाउनु गुथिको उदारताको उदाहरण हो भन्नु भयो। गुठीले गत मार्च १७ मा स्कार्बोरोमा शिबिर संचालन गरेको थियो भने उक्त समुदायका अगुवा रोशन गिरीले कार्यक्रम संयोजन गर्नु भएको थियो ।

त्यस्तै गरि नेपाली समुदायको लागि गुठीले डाउन टाउन टोरोन्टोको सेन्ट जेम्स टाउन कम्युनिटी कर्नरमा गत मार्च २३ का दिन सेवा शिबिर संचालन गरिएको थियो । गुठीले यसपाली आफैले पनि कर आबेदन भर्न सिकोस भन्ने उद्देश्यले सेवाग्राहीहरुलाई शिबिर कक्षामै सिकाई एबम आबश्यक सहयोग गरि आफ्नो आबेदन फाराम भर्न लगाएको सो कार्यक्रमका संयोजक रोडेश शाक्यले बताउनु भयो । सो शिबिरमा गैर  नेपाली समुदायका सेवाग्राहीले पनि सेवा प्राप्त गरेका थिए ।

उक्त शिबिरमा गुठीका कर आबेदन सम्बन्धि संयोजक रोडेस शाक्य सी.पी.ए,/सी.एम.ए., गुथि सी.पी.ए,/सी.जी.ए. रबिन प्रधान, कोषाध्यक्ष नरेश ताम्राकार, सदस्य अणु श्रेष्ठ , सहयोगीहरु बीर काजी गुरुङ, बासुदेब लम्साल, रबिन जोशी, बन्दना पोख्रेल लगायतले आफ्नो सेवा प्रदान गरेका थिए ।

क्यानेडियन नेवा गुठीले भुटानी समुदायको लागि गत २०१० देखि प्रत्यक बर्ष कर शिबिर सन्चालन गर्दै आएको छ भने समय समयमा स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु पनि सन्चालन गर्दै आएको छ।

क्यानाडाको कानुन अनुसार प्रत्येक नागरिक, स्थायी बासिन्दा एबम अरु उल्लेखित व्यक्तिहरुले आफ्नो आय व्ययको विवरण अनिबार्य रुपमा अप्रिल महिनाको अन्त सम्ममा सरकार समक्ष पेश गर्नु पर्दछ ।

प्रतिक्रिया