लण्डन, फागुन १९ । साहित्यकार तथा गीतकार प्रमोद चाम्लिङको रचना मायाप्रेम विछोड हुदाको पिडामा आधारित ‘कति सपना साचे मैले’ बोलको म्युजिक भिडियो लाई हाइलाइट्स नेपालले आफ्नो सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरेका छन् ।
गीतकार प्रमोदकोे मायाप्रेममा सजिएको रचनालाई नवगायिका शोभा सुब्बा (एन्जल)ले मधुर स्वर दिएकी छन् । एउटा सुन्दर जीवनमा एउटा प्रेमिकालाई प्रेमघर सजाएर बस्ने, उनकै नाम दिलभरी सजाउने सपना हुन्छ तर प्रेमिले धोका दिदाको पिडा जस्ता विक्षिप्त विम्बहरुका झुटोे माया र सम्वोधनको भाव प्रमोद चाम्लिङले प्रस्तुत गीतमा झल्काएका छन्। मोडल सुवास राई, रमा राई र एलिना राई अभिनीत भिडियोलाई तुलसी थापा मगरले प्रांयोजन गरेका हुन् ।
नेपाली सुगम संगीतकालागि उर्बर भुमि मानिने नेपालको पुर्वी पहाडी जिल्ला खोटाङ बुइपामा जन्मिएका नबोदित साहित्यकार तथा गीतकार प्रमोद चाम्लिङ आफ्नो साहित्यिक यात्रामा थुप्रै लोकभाका र आधुनिक गीति लेखन तर्फ आफ्ना कलमहरु निरन्तर अघिबढाईरहेका छन् ।
आफ्ना जीवन यात्राको अनेकौ कालखण्डहरु पार गर्दै पारिवारिक परिस्थितिका कारण प्रदेशी भूमिमा बसेर पनि गीति लेखनमा संघर्ष गरिरहने गीतकार चाम्लिङले विभिन्न भाकाका झन्डै दुई दर्जन गीत रेकर्ड गरिसकेका छन् ।
भर्खरै हाइलाइट्स नेपालले सार्वजनिक गरिएको गीतमा प्रमोद चाम्लिङको शब्दलाई राजरोबर्ट अजनबीको संगीत र कृष्ण भक्त राईको एरेन्ज रहेको छ । जीवन मुकारुङले सम्पादन गरिएको गीतलाई लेजर लाइन स्टुडियो कालेम्पोङमा रेकर्ड गरिएको हो । निश्चल जसुले शृंगार गरिएका म्युजिक भिडियो गीतकार प्रमोद आफैंले निर्देशन गरेका हुन ् ।
प्रतिक्रिया