समाजमा जन चेतना फैलाउने उदेश्यले निर्माण गरिएको नेपाली सर्टमुभी ‘बिग्रेको बुढो’ दुई युट्युबमा सार्वजनिक भएको छ । अमेरिकाको सनफ़्रांसिस्को एरियाबाट सार्वजनिक गरिएको यस सर्टमुभिमा घरमा श्रीमती हुँदाहुँदै बाहिर अर्की युवतीसँग लागेर आफ्नो पैसा र समयको बर्बाद गर्ने मानिसको कथालाई पर्दामा देखाउन खोजीएको छ । जुन कथा अमेरिकामा रहेका नेपालीहरुको भएको निर्माण यूनिटले जनाएको छ ।
विद्यार्थी भिषामा अमेरिका पुगेकी युवतीलाई रोजगार दिँदै घुमाउने कार्यमा एक अधवैंसे पुरुषले पैसा सकेको कुरालाई मुख्य रुपमा फिल्ममा देखाउन खोजीएको छ । जसमा पूराना र कुनै जमानाका लोकप्रिय सीरियल हिजो आजका प्रख्यात कलाकार अनिल पाण्डेको सशक्त भूमिका रहेको छ । साथै सरिता न्यौपाने, सागर गौतम,सजनी महर्जन, ट्रिस्टा प्रधान लगायतको अभिनय रहेको छ । यो फिल्मको छायांकन सम्राट कुमार केसी र सन्दीप बजगाइले गरेका हुन् भने निर्देशन विश्व शर्माको रहेको छ ।
प्रतिक्रिया