सुरेशको गजलमा अन्जु–मनोजको मिलन ? भिडियो

इनेप्लिज २०७५ माघ ४ गते १९:१४ मा प्रकाशित


अमेरिकामा बस्दै आएका गजलकार सुरेश वाग्लेको नयाँ गजल ‘सम्झे पनि तिम्रो याद’ को भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीको स्वरमा रहेको गीत वाग्लेको एल्बम ‘तिमी साथ भएपछि’मा समावेश छ । गीतमा मनोजराजकै संगीत छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्ले स्वयंको अभिनय देख्न सकिन्छ । सार्वजनिक गीतलाई सचिन सिंहले एरेन्ज गरेका हुन् ।

अन्जु र मनोजराज पूर्व पतिपत्नी हुन् । सम्बन्धविच्छेद पछि उनीहरु पहिलोपटक यसै गीतमार्फत सहकार्य गरेका हुन् । गजलकार वाग्लेले यो गजल करिब १५ वर्ष अघि अन्जु र मनोजले गरेको बताए ।

प्रतिक्रिया