“डीसी क्षेत्रमा हुने नयाँ बर्ष २०१९ बृहत संगीत साँझ ” ४ वटा ब्याण्ड सहित गायिका सिने गुरुङको बेजोड प्रस्तुति हुने

इनेप्लिज २०७५ पुष १२ गते २:२९ मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रमा नयाँ बर्ष २०१९ को अवसरमा ‘न्यू इयर्स इभ कन्सर्ट ‘नामक कार्यक्रम हुने भएको छ । उक्त बृहत सङ्गीत सांझमा यस पटक व्यापक रुपमा एकै स्थानमा ४ वटा संगीत मण्डली(ब्याण्ड) ले तताउने र नचाउने भएका छन् ।

मोक्ष मन्त्र ब्याण्ड ,अथर्व ब्याण्ड ,स्नोमास ब्याण्ड तथा पासा ब्याण्ड सहित बिशेस अतिथिको रुपमा रहनु हुने चर्चित गायिका सिने गुरुङको बिशेष प्रस्तुति हुने भएको छ । गुरुङले पहिलो पटक डिसी महानगर क्षेत्रमा आफ्नो प्रस्तुति गर्ने भएकी छिन् भने कम्तिमा आधा दर्जन सम्म गीत आफ्ना प्रशंसक तथा दर्शक माझ पस्कने योजनामा रहेकी ईनेप्लिजलाई बताएकी छिन ।

मोक्ष मन्त्र ब्याण्डले निकै मेहनत गरि रहेको छ भने आफ्ना दर्शकलाई निरासा नबनाउने प्रतिबद्धता जाहेर गरेका छन् । यसै गरि पासा ब्याण्ड ,अथर्व अठा स्नो मास ले पनि कडा मेहनत गरि नया बर्षमा सबैलाई धित मर्ने गरि र भरपुर मनोरंजन दिलाउन हर सम्भव कोसिस गर्ने बताएका छन् ।

https://www.facebook.com/enepalese/videos/290874398133842/

मन्त्र मोक्षका साजिद पौड्यालले आयोजकका तर्फ बाट सिने गुरुङ जस्ता अतिथि कलाकारको प्रस्तुति हुने भएकोले यो राम्रो मौका हुने भन्दै हामीलाई हौशला गर्न अनुरोध यसै मार्फत गरेका छन् ।

स्थान कम्ति भएकोले अग्रिम रुपमा टिकट लिन समेत आग्रह गरेका छन् । उक्त कार्यक्रमको टिकट डर २० डलरमा रात्री भोजन समेत रहेको छ । कार्यक्रम फेयरफ्याक्स स्थित तन्दुरी नाईट चमेना गृहमा हुने छ ।

कार्यक्रम ठीक ८ बजे रति देखि सुरु हुने छ । बिस्तृत जानकारीको लागि तल सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया