क्यानेडियन नेवाः गुठी द्वारा प्रत्येक बर्ष मनाउदै आएको ” योमरी पुन्ही” यस बर्ष पनि बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ । कार्यक्रमको शुरुमा गुठीका महा सचिब बिमल मान श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्नु हुदै गुठीका कृयाकलाप बारे प्रकाश पार्नु भयो ।उहांले गत साता टोरोन्टो बिस्वबिद्यालय र गुठी बिच भएको अन्तरकॄयामा अन्तरराष्ट्रीय गैर्ह नेवाः बिद्वान सम्मेलन, नेपाल भाषा सम्बन्धि बिधुतिये सामाग्री तयारी, “कार्तिक नाच” पुस्तक अंग्रेजीमा अनुबाद, नेवाः नॄत्य तथा धिमे प्रशिक्षण लगायतका कार्यक्रम गर्ने बारे छलफल भएको बताउनु भयो । साथै उहाँले आगामी अप्रिल ७-२२ सम्म सर्बसाधरणको लागि टोरोन्टो बिस्वबिद्यालयमा नेपाल भाषाको संघन प्रशिक्षण कार्यक्रम हुने बारे पनि जानकारी दिनु भयो ।
त्यसपछि गुठीका युबा सदस्यहरु आयुश्ना श्रेष्ठ तथा अबिस श्रेष्ठले ” योमरी पुन्ही” को सांस्कृतिक, पौष्टिक तथा भौगोलिक महत्वबारे पावर प्वाईन्ट मा प्रस्तुत् गरेका थिए । गुठी ले नेवाः संस्कृति सम्बन्धि ज्ञान युबा बर्गलाई हस्तान्तरण गर्ने लक्ष्य अनुसार सो प्रस्तुतिकरण युबा सदस्यहरुलाई प्रस्तुत गर्न उत्प्रेरीत गरेको हो ।कार्यक्रममा अर्का सहभागी नबआगन्तुक क्रिस्तिना कायस्थले क्यानडामा नेवाः संस्कृतिका कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी ब्यक्त गर्नु भयो ।
सोहि कार्यक्रममा गुठीका जेष्ठ सदस्य अस्ट कुमारी ताम्राकारले ” योमरी पुन्ही” मा बनाईने रोटीका बिभिन्न स्वरूपहरु मायो, बायो, सींचा, ब्यांन्चा, कुलीं, मूसा, बोका, द्योमरी ईत्यादिको महत्व बारे जानकारी दिनुभएको थियो उहांले गुठीका बिभिन्न कृयाकलापमा श्रोत ब्यक्तिको रुपमा सहयोग गर्दै आउनु भएको छ ।
कार्यक्रमको दोश्रो चरणमा गुठीका उत्तम मकाजु बिमल श्रेष्ठ , नरेश ताम्राकार, रिकेश श्रेष्ठ , श्रीजा श्रेष्ठले धिमे बाजा प्रस्तुत गरेका थिए । त्यसपछि ” योमरी पुन्ही”को बेलामा गाईने “त्योछिं त्यो बकछि त्यो”गीत पनि गुठीका सदस्यहरुले सामुहिक रुपमा प्रस्तुत गरेका थिए भने डा. उद्दब श्रेष्ठ , डा.हरि गुरुङ, अबिन कुमार श्रेष्ठ , अमृत श्रेष्ठ रिकेश श्रेष्ठ लगायतले नेपाल भाषा तथा नेपाली गीतहरु प्रस्तुत गरेर अतिथिहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रममा गुठीका उपाध्यक्ष उत्तम माकजूले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सबैलाई धन्यबाद ब्यक्त गर्नु हुदै गुठीले टोरोन्टो बिस्वबिद्यालयमा नेवा बौद्ध धर्ममा पीएच.डी. का बिद्यार्थीहरुलाई टोरोन्टो बिस्वबिद्यालयको प्रांगणमा आगामी जनवरी देखि हप्तामा एक पटक नेपाल भाषा प्रशिक्षण संचालन गरिने जानकारी दिनु भयो । कार्यक्रमको अन्त्यमा अतिथिहरुलाई योमर्हि सहितको रात्रीभोजको ब्यबस्था गरिएको थियो ।
प्रतिक्रिया