हेट टू हेडबाट बाहिरिएकै कारण ‘टप-३०’ मा पुगेर ‘मिस वर्ल्ड’ ताज पहिरने बाटो श्रृंखलाका लागि बन्द भइहाल्दैन। हालसम्म १३ प्रतिस्पर्धी ‘टप–३०’ पुगेका छन्। १७ छानिन बाँकी छन्। १० प्रतिस्पर्धी ‘हेड टू हेड च्यालेन्ज’ का आधारमा र अन्य तीन ट्यालेन्ट, स्पोर्टस् र डिजाइनर प्रतिस्पर्धाबाट अर्को चरणका लागि छानिएका हुन्। बाँकी १७ मध्ये १५ जना ‘जज’ ले आफैँ छनोट गर्नेछन्। मल्टिमिडिया र ‘व्यूटी विथ द पर्पस्’ बाट एक-एक जना छानिने छन्।
मल्टिमिडियामा श्रृंखलाको सम्भावना बलियो छ। यसमा फेसबुक, मोबस्टार एप, मिस वर्ल्डको वेबसाइट आदिबाट प्राप्त भोट गणना हुन्छ। मिस वर्ल्डको अफिसियल साइटमा श्रृंखलाको पक्षमा सबैभन्दा धेरै ३५ प्रतिशत भोट छ।
सामाजिक सञ्जाल फेसबुकमा पनि उनको पकड बलियो छ। मोब स्टार एप डाउनलोड गरेर भोट गर्न विभिन्न सर्कुलर भएका छन्। त्यसैले श्रृंखलाले यसमा धेरै आश गरेकी छन्।
‘टप ३० का लागि अझै पनि सम्भावनाहरु बाँकी छन्, १७ स्थान खाली छ’ श्रृंखलाले भनेकी छन्, ‘ब्यूटी विथ पर्पस् र मल्टिमिडियामा पनि सम्भावना राम्रो सम्भावना छ, त्यसैले तपाईंहरु नआत्तिनु होला।’
यदि यी दुई उपाधि प्राप्त गर्न सकिनन् भनेपनि ‘जज’ हरुको उत्कृष्ट १५ मा परेर ‘टप-३०’ मा पर्ने सम्भावना पनि रहन्छ। श्रृंखलाले जारी प्रतियोगितामा जवर्जस्त फरक शैली, कलात्मक प्रस्तुति प्रदर्शन गरिरहेकी छन्। शुभेच्छुकहरूबाट पाइरहेकाे समर्थनका कारण पनि ‘जज’ हरुका लागि उनी नजरअन्दाज गर्न नसकिने प्रतियोगी बनेकी छन्।
https://www.youtube.com/watch?time_continue=1&v=NDAuu9c34CA
प्रतिक्रिया