‘यो कस्तो ज्वाला’ सार्वजनिक

इनेप्लिज २०७५ मंसिर १६ गते ५:४९ मा प्रकाशित

काठमाडौं –डा. डिआर उपध्यायको शब्द तथा बुलु मुकारुङको संगीत रहेको निकै राम्रो गीत ‘यो कस्तो ज्वाला’ सार्वजनिक भएको छ । डिआर म्युजिक युट्यु मार्फत सार्वजनिक गीतमा सुनिता थेगिमले स्वर दिएकी छन् ।

सेक्सी शब्दले भरिएको गीतको भिडियो पनि त्यस्तै बनेको छ । गीतमा गायिकाले आफ्नो शरिरमा जवानीको आगो दन्किएको र शान्त पार्ने मान्छेको खोजिमा रहेको बताएकी छन् ।

गीत अनुसारको भिडियो पनि निर्माण भएको छ । मुनाल शिशिर कोइरालाले निर्देशन गरेको भिडियोमा सुनिसा बजगाइले राम्रो अभिनय गरेकी छन् । भिडियो निकै तामझामका साथ निर्माण भएको छ । भिडियोको छायांकन बिदुर पाण्डेले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका हुन् ।

https://youtu.be/ln_L26e43j4

प्रतिक्रिया