अमेरिकाले प्रमुख तीन कारणबाट आप्रवासीहरुलाई देश निकाला (डीपोर्टटेसन )गर्छ

विजय थापा २०७५ मंसिर ११ गते ११:४० मा प्रकाशित

 

अमेरिकामा छिर्न अत्यन्तै गाह्रो l अमेरिका भित्रिए पछि स्थाई आवासीय पत्र (ग्रिनकार्ड )प्राप्त गरेकाहरुको पनि खोसेर आफ्नो देश फिर्ता पठाइन्छ l अमेरिकामा सवैको मुखमा डिपोर्टटेसन शब्द झुन्डिएको हुन्छ l अर्थात् यसलाई यसरी बुझ्दा पनि हुन्छ : देश निकाला गर्नु ,देश बाहिर पुर्याउनु या देश बाट हटाउनु भन्ने अर्थ लाग्छ l

अमेरिकामा स्थाई आवासीय पत्र (ग्रिनकार्ड )छ मलाई केहि गर्दैन भन्ने कदापि सम्झनु हुदैन l अमेरिकाले प्रमुख तीन कारणबाट आप्रवासीहरु देश निकाला (डीपोर्टटेसन )गर्छ l

हामी सवै सतर्क हुनु पर्छ । यस बारे ज्ञान राख्नै पर्छ l अमेरिकामा हामी गौ प्राणी बन्नु पर्छ l आफ्नो भबिष्यको उन्नति र प्रगतिको लागि पसिना बगाउनु पर्छ l अनि अमेरिकाले हामीलाई जीवन दिन्छ l यी मुलमन्त्रहरु हुन् l

देश निकाला गर्ने काम नियमित प्रकृया हो l अमेरिकामा गलत काम गरेन र अपराधिक गतिविधिमा संलग्न भएन भने देश निकाला हुने कम सम्भावना हुन्छ । तर सदैव यस्तै हुन्छ भन्ने हुदैन । वर्तमान अमेरिकन प्रशासन निकै यस बिषयमा कडा छ । संघोय सरकारको अभिलेख (रेकर्ड )मा देखिएको छ भने झन् गार्हो हुन्छ । तर केहि गढबढ र बिगार्ने काम गर्यो भने आफ्नो देश फर्कनु बाहेक केहि हुदैन l

देश निकाला गर्ने या अमेरिकाबाट जहाँ र जुन देश बाट आएको छ त्यहाँ पुर्याउने यस्ता ३ कारणहरु यस प्रकार छन l

पहिलो कारण: अपराध उल्लङ्घन

सवै भन्दा पहिलो आप्रवासीहरु अपराधिक गतिविधिमा संलग्न हुनु नै देश निकालाको द्वार खोल्नु हो l आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो l अपराध गतिमा अन्तर्गत लागू पदार्थ कारोवार,बन्दूक अपराध,चेलीबेटी ,महिला तथा मानव ओसार पसार ,गैर कानुनी रुपमा बिदेशीलाई अमेरिका छिराउने अपराध गति विधिमा संलग्न पाईएमा देश निकाला गरिन्छ l

यसको साथै अरु अपराधहरु पारिवारिक तथा घरेलु हिँसा,कालोधन लाई सेतो धन बनाउनेमा संलग्न भएमा ,जालसाजी ,यौन अपराधीमा संलग्न भएको दर्ता गराउन असफल भएमा ,गम्भीर अपराध भएको पाइएमा देश निकाला गरिन्छ l

यस्ता गतिबिधि मा संलग्न भएमा अदालतले दुई मध्ये एक अपराधको वर्गीकरण गरि दिन्छ l नैतिक भ्रष्टता को अपराध या अति निकृष्ट घोर पाप या अपराध l

यसको साथै षडयन्त्र मा संलग्न रहेमा या पाइएमा पनि देश निकाला गर्दछ l सवै भन्दा गम्भीर चै आतंकबादी गतिविधिमा पाइएमा जनताको सुरक्षामा खतरा आउने देखेमा देश निकाला गरिन्छ l यसको साथै अन्य अपराधिक गति विधिमा संलग्न भएमा पनि देश निकाला को भागिदार बन्नु पर्ने हुन्छ

गैर अमेरिकन नागरिकहरु यस्ता गतिविधिमा पक्राउ परेमा देश निकाला हुने अधिकांश सम्भावना हुन्छ l अपराधी गतिविधिमा संलग्न सिधा कारागारमा राख्ने र उनीहरुलाई बाहिर मुक्त नै नगरी सिधै उनीहरुको देश पठाउन आईसीइ (इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट ) ले गर्दछ l

दोश्रो कारण : आप्रवासन कानुनको उल्लङ्घन

अमेरिकाको आप्रवासन कानुन को उल्लङ्घन गर्नेलाई पनि देश निकाला गरिन्छ l यदि तपाई लाई बस्ने अनुमति दिए भन्दा ज्यादा बस्नु भयो भने पनि तपाई लाई देश फर्काई दिन्छ l कानुनले त्यति मात्र बस्नु भने पछि त्यो मिति भन्दा अगाडी नै अमेरिका छोड्नु पर्ने भएकोले त्यसो नगरेमा कानुनको उल्लङ्घन हुने हुदा यस्ता का कारण थुप्रै देश पठाइन्छन l

पर्यटकहरुलाई काम गर्ने अनुमति हुदैन l पर्यटकमा आएका या अन्य काममा आएका मानिसलाई काम गर्ने अनुमति दिने संस्था ,ईएडि ( एम्प्लोईमेन्ट अथोराईजेसन डकुमेन्ट ) ले अनुमति नदिई काम गरेकोमा पक्राउ परेमा पनि देश फर्काइन्छ l

आप्रवासीहरुलाई सामान्य कानुन उल्लंघन गरे वापत पनि फर्काइन्छ l यसै गरि तपाई कुन ठेगानामा बस्नु भएको छ त्यो ठेगाना परिवर्तन भएको बारेमा समेत सम्बन्धित निकायलाई जानकारी दिनु भएन भने पनि निष्काशित गर्न सक्छ त्यो पनि अपराध हुन्छ l

आप्रवासी जस्ले अमेरिका प्रवेश गरेको दिन देखि ५ बर्ष भित्र केहि सार्बजनिक सरकारी सहायता लिएमा पनि उस्ले अप्रवासन कानुनको अपराध गरेको ठहर्छ l स्थाई आवासीय पत्र (ग्रीन कार्ड ) प्राप्त गर्ने व्यक्तिले कुनै पनि सार्वजनिक सरकारी सहायता लिने छैन भनि प्रमाण जुटाउनु पर्छ l

यसको साथै अन्य अवस्थामा पनि तपाई देश निकालामा पर्न सक्नु हुन्छ l यदि तपाईले आफू अमेरिकन नागरिक हु भनि नभएको कुरा भन्नु भयो भने पनि देश निकालामा पर्न सक्नु हुन्छ l

तेश्रो कारण: जालसाजी कृयाकलापमा संलग्न

अमेरिकामा बिर्सेर पनि जालसाजी नगर्नु होला l यत्रो ठुलो देश केहि हुदैन भन्ने मात्र ठान्नु भयो भने तपाईलाई भगवानले पनि बचाउदैनन l कुनै गलत काम नगर्नु होला l अमेरिकामा हरियो पत्रको लागी बुझाइने पत्र कुनै पनि हालतमा नक्कली बनाउनु हुदैन l

अमेरिकामा नक्कली बिवाह बन्धन र जालसाजी बिहे निकै मौलाई रहेको छ l यस्तो बिबाह साझा समस्याको रुपमा देखिएको छ l बिहेको नाममा अमेरिकन नागरिकले अरुलाई स्थाई आवासीय पत्र बनाउन गरिने प्रचलनको कारण समस्यामा परेका धेरै अप्रवासीहरु रहेका छन् l यस्तो प्रकारको बिहेमा कागजात नक्कली परेको कारण देश निकाला गर्नु पर्ने पनि हुन्छ l वास्तबमा साचो बिहे गरेता पनि कागजात बुझाउदा गरिने हेलचेक्राईले देश फर्काइन्छ l

अमेरिकन नागरिक संग बिबाह भएको र ग्रिन कार्ड प्राप्त गरेकोले दुई बर्ष नपुग्दै बिबाह बिच्छेद भएमा हरियो पत्र (ग्रिनकार्ड) वाला देश निकाला पर्न सक्छ l

आप्रवासी जसले अमेरिका पसेको प्रवेश कागजात, स्थाई आवासीय निवेदन ,प्रवेशाज्ञा या आप्रवासी अनुमति जस्ता चिज झुट्टा र जाली दिएको छ भने पनि देश निकालामा पर्न सक्छ l यो अपराधिक गति जस्तै हुन्छ l भुलेर पनि हामीले यो काम गर्नु हुदैन l

अमेरिका बस्ने योजना अनुसार स्थाई आवासीय पत्र (ग्रिन कार्ड )को लागि निवेदन दिइएका पत्रहरु कहिलेकाही सामान्य गल्ती को कारण कागजात त्रुटिपूर्ण हुन् गै अमेरिका छोड्नु पर्ने हुन्छ l थुप्रै नेपालीहरु पनि यसका शिकार भएका छन् ।

अमेरिकाले सवै वर्गलाई मोहनी लगाउछ l यसको चुम्बकीय शक्तिले सवैलाई तान्दछ l ताने पछि जीवन भर तानेको तान्नै गर्छ l कुनै पनि नेपालीहरु अमेरिका बाट देश निकाला हुनु नपरोस । यस्तो कुबुद्धि कहिले हामीमा आई नपरोस l कुनै पनि अपराधिक गतिविधि हुन् बाट ४ कोश टाडा रहनु परोस ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया