उनी भर्खर मात्रै गायन यात्रामा पाइला टेक्न लागेकी छन् । मिठो स्वरकी धनी सुमिना बाल्यकालदेखि नै गायनमा रुची राख्ने गर्थिन् । अहिले त्यही स्वरको सदुपयोग गर्दै गीत रेकर्डिङमा लागेकी छन् ।
अहिलेसम्म उनले कुनै गीत रेकर्ड गराएकी छैनन् । तर पनि उनका केही भिडियो भाइरल बनेको छ । उनी पछिल्ला दिनमा नव गायीकाको रुपमा उदाउँदै गरेकी गायीकाको रुपमा भाइरल बन्न थालेकी छन् ।
संगीतको कुनै औपचारिक प्रशिक्षण नलिएकी सुमिनाले आफ्नो स्वरमा पहिलोपटक गीत रेकर्ड गर्ने तयारीमा जुटेकी छन् । अहिलेका व्यस्त संगीतकार सन्तोष श्रेष्ठको संगीतमा उनले पहिलो प्रतिभा स्वरुप गीत रेकर्ड गराउँदै छिन् । जसको शब्द गोपाल बराइलीको छ ।
उनले स्कुले जीवनमा गाउँघरमा हुने कार्यक्रमहरुमा मात्रै आफ्नो कला पस्किँदै आएकी थिइन् । अहिले पनि स्थानीय स्तरमा हुने कार्यक्रमहरुमा भने गाउने गर्छिन् । हेर्नुहोस् भिडियो
प्रतिक्रिया