नेपाली गीतकार विजय शिवाकोटी

रोशन पुरी,यू एस ए २०७५ मंसिर ५ गते २:३९ मा प्रकाशित

१ चाहना -२०५४
२ मोडहरुमा -२०६१
३ आशय -२०७०
४ सङ्रह – २०७५
(My first song- बिहानी शीत बनी -2043, Vocal/composition- Sunil Upreti)

गीतकार विजय सिवाकोटीको नविनतम एल्बम संग्रहमा रहेको निक्कै मर्मस्पर्शी गीत ‘फेरि तिनै खुशीहरु’ मा बनेको भिडियो सार्वजनिक भएको छ । गायक दीप श्रेष्ठको संगीत तथा स्वरमा रहेको यो गीतमा मानिसको जीवनमा आएर गैसकेका खुशीका पलहरु फेरि पनि प्राप्त गर्ने इच्क्षा जाहेर गरिएको छ। गीत मानबिय मनका भावना पोख्न सक्षम बनेको छ । सबै पक्ष राम्रा भएकाले गीतको भिडियो पनि दमदार बनेको छ । राजेश श्रेष्ठको निर्देशन तथा सम्पादन बनेको यो भिडियोमा ह्ययारी महर्जनको छायांकन रहेको छ ।

२०१८ मा आयोजित “सङ्रह” (स्वर- दीप श्रेष्ठ, शब्द -विजय शिवाकोटी) लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रममा कारणवश आउन नसक्नु भएकोमा विशिष्ट कवी तथा गीतकार रत्न शम्शेर थापाज्युलाई उहाकै निवासमा सम्मान पत्र र सम्मान स्वरूप रु १०००५ नगद हस्तान्तरण गरियो। अग्रजको सम्मानमा यो एउटा प्रयासको शुरुवात हो। म आज गीतकारको रुपमा जे छु अग्रजहरुकै आशिर्वाद र प्रेरणाको प्रतिफल ठान्दछु।

नेपाली गीतकार विजय शिवाकोटी तथा गायक दीप श्रेष्ठको सांगीतिक एल्बम ‘संग्रह’ सार्वजनिक भएको छ। एउटा म्युजिक भिडियोसहित सार्वजनिक गरिएको एल्बममा ६ वटा गीत रहेका छन्।

दीप श्रेष्ठको यो आठौं एल्बम समेत हो । श्रेष्ठले १५ वर्षअघिदेखि शिवकोटीका शब्दमा स्वर दिँदै आएका छन् । शिवाकोटीका १ सय ५० भन्दा सिर्जनाहरु गीतका रुपमा सार्वजनिक भइसकेका छन्। उनका गीतमा प्रेमध्वजप्रधानदेखि, दीपक खरेल, रामकृष्ण ढकाल, नविन भट्टराई लगायतका चर्चित गायकले स्वर दिइसकेका छन्।

कार्यक्रममा प्रेमध्वज प्रधान, डाक्टर तारानाथ शर्मा, किरण खरेल, दीप श्रेष्ठ, दीपक जंगम, दीपक खरेल, प्रकाश गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

‘फेरि तीनै खुशीहरु हाँस्न पाए हुन्थ्यो, त्यो जिन्दगी फेरि अहिले बाँच्न पाए हुन्थ्यो बरै…’ बोल रहेको गीतको म्यूजिक भिडियो दर्शकमाझ आएको छ चर्चित गीतकार विजय शिवाकोटीको शब्द रहेको यस गीतमा सुप्रसिद्ध गायक दीप श्रेष्ठको स्वर रहेको छ।

एल्बम ‘सङ्ग्रह’ मा समावेश यस गीतमा गायक दीप श्रेष्ठले नै संगीत भरेका छन्। राजेश श्रेष्ठको निर्देशन तथा सम्पादन रहेको यो गीतको म्यूजिक भिडियोलाई ह्यारी महर्जनले छांयाकन गरेका हुन्।

जहाँ गीतकार विजय शिवाकोटीले बाल्य तथा युवाअवस्थाका क्षणहरुलाई आफ्नो शब्दमार्फत म्यूजिक भिडियोमा उतार्न खोजेका छन्।

सङ्ग्रह गीतकार शिवाकोटीको चौथो एल्बम हो। जसलाई गत बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको थियो। एल्बममा यो गीतसहित ६ वटा अन्य गीतहरु रहेको छ।

गीतको म्यूजिक भिडियोलाई युटुबमार्फत शुक्रबार सार्वजनिक गरिएको हो। गीतलाई एल्कवक रेकर्डस् च्यानलमा हेर्न सकिनेछ।

गीतकार विजय शिवाकोटी र गायक दीप श्रेष्ठको  एल्बम ‘सङ्ग्रह’ सार्वजनिक गरिएको छ।  राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बम सार्वजनिक गरिएको हो। ६ वटा गीत समावेश एल्बममा दीपक जंगम, दीप श्रेष्ठ, प्रकाश गुरुङ, राजु सिंह र निर्वाण योन्जनको संगीत रहेको छ। ६ वटा गीत मध्ये एक गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ। कार्यक्रममा प्रेमध्वज प्रधान, डाक्टर तारानाथ शर्मा, किरण खरेल, दीप श्रेष्ठ, दीपक जंगम, दीपक खरेल, प्रकाश गुरुङ लगायतका श्रष्टाहरुलाई सम्मान गरिएको थियो। नेपाली साहित्यका शिखर ब्यक्तित्त्व डा तारा नाथ शर्माको प्रमुख आथित्यमा सम्पन्न यो कार्यक्रममा साहित्य संगीत अनुरागीहरुको राम्रो उपस्थिती थियो ।

व्यवसायिक पनलाई टाढा राखेर स्तरिय गीतिकारिता गर्दै आएका विजयको यो चौथों एल्बम हो भने गायक दीपको आठौ एल्बम हो ।प्राय अधिल्लो पुस्ताका गायकहरुसंग सहकार्य गर्न रुचाउने विजयका शब्द गहिरो अर्थ बोकेका तर भाषिक शिल्पले सरल हुन्छन् । अर्थ बुझ्न कठिन हुदैन ।यो एल्बममा पनि विजयको यो प्रवृत्ति दोहोरिएको छ । शब्द , गायन , संगीत तिन पक्ष नै सशक्त भएकाले एल्बम राम्रो बनेको छ ।

गीतकार बिजय शिवाकोटीको चौथो तथा गायक दीप श्रेष्ठको नवौं एकल सांगीतिक एल्बम ‘संग्रह’ सार्वजनिक भएको छ। गीतकार शिवाकोटीको एकल रचना तथा गायक श्रेष्ठको एकल स्वरमा एल्बम ‘संग्रह’ सार्वजनिक भएको हो । एल्बममा चर्चित संगीतकारहरु दीपक जंगम, प्रकाश गुरुङ, राजु सिंह, निर्वाण योञ्जन र दीप श्रेष्ठको संगीत सिर्जना रहेको छ ।

गत बिहिवार राजधानीमा भएको लोकार्पण कार्यक्रममा गायक दीप श्रेष्ठसंग सहयात्रा गर्ने लामो समयदेखिको सपना साकार भएकोमा गीतकार शिवाकोटीले खुशी व्यक्त गरेका छन् । शिवाकोटीले आफूले रचना गरेको शब्दमा गायक श्रेष्ठको आवाजलाई समेट्न पाउँदा आफ्नो शब्दको गरिमा बढेको बताए ।

एल्बममा तिम्रो यादमा जून टोलाउँदा टोलाउँदै, पारि थियो यौटा सल्लाको रुख, सबै आफ्नो भन्नु मात्रै, तिम्रो जस्तै अनुहार, फेरि तीनै खुशीहरु र मैले जीवन दिँदा गरी कूल ६ गीतहरु संग्रहित छन् । जसमध्ये फेरि तीनै खुशीहरु गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो। भिडियोको राजेश श्रेष्ठले निर्देशन गरेका हुन् । १/१ गरी रेकर्ड गरिएका कूल ६ गीतहरु तयार हुन १५ वर्ष लाग्यो ।

६ गीतहरु तयार हुन १५ वर्ष लाग्यो ।

कार्यक्रममा अग्रज स्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो । गायक प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, दीपक खरेल, गीतकार किरण खरेल तथा संगीतकारहरु दीपक जंगम र प्रकाश गुरुङलाई सम्मान पत्र सहित १० हजार ५ रुपैयाँ नगद समेत प्रदान गरिएको थियो ।

नेपाली संगीत क्षेत्रका लागि उक्त एल्बम उत्कृष्ट सिर्जना भएको संगीतकार दीपक जंगमले बताए । आधा शताब्दी नेपाली संगीत क्षेत्रमा बिताईसकेका गायक दीप श्रेष्ठले गीतकार सिवाकोटीका सिर्जनाहरु सशक्त तथा चर्चित भएपनि गीतकार भने ओझेलमा परिरहेकोमा गुनासो पोखे ।

कार्यक्रममा साहित्यकार डा.तारानाथ शर्मा, संगीतकार शक्ति बल्लभ, संगीतकार आलोक श्री लगायतका संगीतकर्मीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । एल्बमलाई म्यानहटन म्यूजिकले बजारमा ल्याएको हो । पेशाले आईटी ईन्जिनियर तथा जिआरई, जिम्याट तथा आईईएलटिएसका ईन्स्ट्रक्टर गीतकार शिवाकोटीका १६० बढि गीतहरु रेकर्ड भैसकेका छन् ।

प्रतिक्रिया