मुम्बई । अमेरिकी गायक निक जोनस र बलिउड अभिनेत्री प्रियंका चोपडाको विहे मिति तय भएको छ । प्रियंका र निकको विहे डिसेम्बर २ मा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विहे जोधपुरमा ३ दिनसम्म चल्ने बताइएको छ । विहेको तयारीका लागि निक भारत आएका छन् । दुबैका परिवार विहेको तयारीमा जुटेका छन् ।
हलिउड टेलिसिरियल क्वान्टिकोमा काम गर्ने क्रममा निकसँग नजिकिएकी प्रियंका पछिल्लो समय फिल्मी क्षेत्रबाट टाढा छिन् । निकसँगको सम्बन्धकै कारण प्रियंकाले सलमान खानको फिल्म भारत छोडेकी थिइन। भारत छोडेलगत्तै आफूभन्दा १० वर्ष कान्छा निकसँग प्रियंकाले इन्गेजमेन्ट गरेकी थिइन्।
प्रतिक्रिया