“हिमालयन भाईब्स” द्वारा मानबिय कार्यको लागि आयोजित अर्थ संकलन कार्यक्रममा सहभागिता

इनेप्लिज २०७५ कार्तिक १ गते २१:३९ मा प्रकाशित

टोरोन्टो, “हिमालयन भाईब्स” हालै “नेपालएबिलिटि” संस्था द्वारा मानबिय कार्यको लागि आयोजित अर्थ संकलन कार्यक्रममा आफ्नो सांगितिक प्रस्तुति प्रस्तुत गरेको छ। कार्यक्रममा “हिमालयन भाईब्स”ले प्रसिद्द मादल बादक सानुराजा महर्जन को नेतॄत्वमा नेपालका बिभिन्न क्षेत्रका लोक धून हरु मादल, धिमे, तिन्छू , बाँसुरि, चाँप, खैजडी, गिटारको तालमा प्रस्तुत गर्नु को साथै रेशम फिरि गीत पनि प्रस्तुत गरेको थियो । प्रस्तुत संगीतको तालमा उपस्थित महानुभाबहरु नॄत्य गरि रमाएका थिए भने संगीतको लागि सबैले धन्यबाद दर्शाएका थिए ।

कार्यक्रममाआयोजक सस्थाका अध्यक्ष डा. नोरा क्युलेनले उपस्थित सबै दाता महानुभाबहरुलाई मानबिय कार्यको पुन्य कर्ममा सहयोग गर्नु भएकोमा हार्दिक धन्यबाद दिनु को साथै सो कार्यक्रमलाई नेपाली संगीतमय बनाईदिएकोमा “हिमालयन भाईब्स”परिवारलाई पनि धन्यबाद ब्यक्त गर्नु भयो।

अर्का बक्ता एन्जी एन्ड्रोएलीले संस्थाले सन २००६ देखि चिकित्सक, थेरापिस्त, नर्सहरु समाबेस भएको १८ वटा टोलि पठाईसकेको र यहि नभेम्बर महिनाको सुरुमा १९औं टोलि जान लागेको बताउनु भयो। “नेपालएबिलिटि” संस्थाले नेपालको पोखरा तथा पाल्पामा शारिरीक रुपमा अपाङ्ग भएकाहरुको उपचार तथा पुनर्बासको साथै दिगोपनाको लागि स्थानिय स्वास्थ कार्यकर्ता हरुलाई तालिम पनि प्रदान गर्दै आएको छ ।

“हिमालयन भाईब्स”ले नेपालको लोक संगीतको प्रबर्द्दन र प्रशिक्षण लागायत क्यानडाको बिभिन्न सहरहरुमा आफ्नो प्रस्तुति प्रस्तुत गर्दै आएको छ भने नेपालमा सहयोग गर्ने क्यानेडीयन संस्थाहरु संग संगीतिक प्रस्तुति मार्फत हातेमालो पनि गर्दै आएको छ। मानबिय कार्यको लागि यो कार्यक्रममा संगीतकै मार्फत योगदान गर्न मौका पाएको मा “हिमालयन भाईब्स”ले आयोजक संस्था “नेपालएबिलिटि” प्रति हार्दिक आभार ब्यक्त गरेको छ।

प्रतिक्रिया