ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रालीको आयोजना रहेको दुई सौदर्य प्रतियोगिता ‘मिसेस युनिभर्सल नेपाल २०१८’ र ‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’का प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएका

इनेप्लिज २०७५ असोज २२ गते ११:३२ मा प्रकाशित

काठमाडौं – ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रालीको आयोजना रहेको दुई सौदर्य प्रतियोगिता ‘मिसेस युनिभर्सल नेपाल २०१८’ र ‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’का प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् ।
राजधानीको अनामनगरस्थित संगीत फिल्ममा आयोजित ट्यालेन्ट प्रस्तुत राउण्डमा दुबै प्रतियोगिताका प्रतियोगीले गीत, नृत्य, स्पिच, ड्रामा, आर्ट लगायत बिषयमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

अधिकाम्स प्रतियोगीले गीत तथा नृत्य देखाएको ट्यालेन्ट राउण्डमा फिल्म निर्देशक शुसिल पाण्डे, संगीतकार सरोज प्याकुरेल, इभेन्ट निर्देशक बालकृष्ण पोखरेल, नृत्य तथा फिल्म निर्देशक सबित्रा खत्री लगायत निर्णायक रहेका थिए ।
रीना थापा, हिमानी गह थापा, पुन थापा, सुनैमी थापा राई, दीपिका सुवाल, सुहिना अधिकारी, उषा पौडेल अधिकारी, निसा खत्री कार्की, समि तामाङ भ्लोन, देवी महर्जन, सुष्मा लामा, सविना थापा, सम्झना बस्नेत, लक्ष्मी लामालगायतका प्रतियोगी मिसेस युनिभर्सल नेपालमा रहेका छन् ।

आकाश गिरी प्रोग्राम कोअडिनेटर, आश्विनी कान्त झा कोरियोग्राफर रहेको प्रतियोगिताको मिस्टर एण्ड मिस टिन इन्टरनेशनल तर्फ युवा तर्फ कुमार राना, सन्तोष कुमार गुप्ता, किरण सापकोटा, खेमलाल दुलाल र युवतीतर्फ इन्दिरा पन्त, वर्षा सुनुवार, अर्जु रिजाल, अन्जिता ठकुरी, इशिका खड्का, उन्नती कटुवाल, मनिषा गिरी, रिदिमा राज्य लक्ष्मी शाही, पैजिमा मिश्र, इश्वरी श्रेष्ठ, प्रियंका सुब्बा, अञ्जली परियार, भरोसा दाहाल, सिमरन श्रेष्ठ लगायत प्रतियोगी रहेका छन् ।
युवायुवती तथा बिबाहित महिलाको प्रतिभा निखार्र्दै उनीहरुको उज्वल भबिश्य निर्माणमा सहयोग पुर्याउने उदेश्य प्रतियोगिता आयोजना गरिएको ग्ल्याम वल्ड इन्टरटेनमेन्ट प्रालीका अध्यक्ष आशिष मिश्रले जानकारी दिए ।
चर्चित गायक गायिका तथा चलचित्रका कलाकारको बेजोड प्रस्तुति समेत रहने प्रतियोगिताको अन्तिमस्पर्धा यहि २६ गते राष्ट्रिय नाचघरमा जमलमा आयोजना हुँदैछ ।

प्रतिक्रिया