पिएनपिखबर, भक्तपुर। बसुन्धरा निवासी सबिना कार्कीले पछिल्लो समय आफुलाई आफ्नै श्रीमान र जेठाजु मिलेर मार्ने षड्यन्त्र बनाएको र भैंसेपाटीमा स्थित ‘फेथ रिह्याब सेन्टर’ मा आफुलाई लगेर राखी चरम यातना दिएको खुलासा गरेकी थिईन। उनलाई सम्पत्तिको दरुपयोग गरेको भनि सम्पत्ति दुर्व्यसनीको नाममा सुधार केन्द्रमा लगि यातना दिइएको जानकारी उनले मिडियामा आफै गराएकी थिइन्।
पीडित कार्कीले केहि समय अगाडीको अन्तर्वार्तामा भावुक हुदै भनेकी यसो थिइन् , ‘२०७२ सालको भूकम्पपछि श्रीमान र मुक्ता गुरुङ भन्ने केटी भएर आफूलाई मार्ने प्रयास समेत गरेका थिए, र उजुरी गर्न जाँदा मलाई उल्टै कुटे । म अधिकार खोज्न नेपालगन्ज जाँदा सिडिओले निवेदन नै दर्ता गर्न मानेन ।” उनले आफुलाई यातना दिनेमा सुवास खड्का, सुधिर अधिकारी, विकु शेर्पा, सुनिल महर्जनको नाम लिएकि थिइन् ।
अहिले उनका श्रीमान जेलमा छन्। उनको नागरिकता, पासपोर्ट र ५ लाख रकमको मन्जुरी पत्र उनको श्रीमानसँग नै छ। उनी जेलमा आफ्नो श्रीमानसँग त्यही समान माग्न गएकी थिईन्। उनलाई उनको श्रीमानले जेलबाट निकाल्न आग्रह गर्दै भने ,’म तिमिहरुको लागि लैनो भैसी जस्तो थिए। मलाई जेल हलिस अब के गरेर बस्या छेस। तिमीहरुलाई ज्यान पाल्न नि गार्हो भइसक्यो होला। तैले गर्दा दाई पनि रिसाएका छन्। मलाई यहाँबाट निकाल।’
जब उनी जेलमा श्रीमानलाई भेट्न पुगिन् तब उनको श्रीमान स्वयमले उनलाई उनको ज्यान खतरामा छ भनेर जानकारी दिएका थिए। उनका श्रीमानले भने ,’तिमलाई अब बाच्न मुस्किल छ। ज्यान जोगाएर हिड। मैले मेरो दाईहरुको मुख थुन्न त सक्छु। तर हात रोक्न सक्दिन। जतिबेला नि जे पनि हुन सक्छ। ‘
यसरी ठाडै उनका श्रीमानले उनलाई ज्यान मार्ने षड्यन्त्रको पर्दाफास गरेका हुन्। उनको मात्र होइन उनको बालबच्चाको समेत ज्यान धरावमा परेकोल उनी एकदम चिन्तित छिन्। पैसाको अभावमा उनलाई घर परिवार पाल्न समेत गार्हो अवस्था परिरहेको छ।
पिडितलाई सजाए र अपराधिलाई न्याय पाउने सरकारी कानुन छ। उनले न्याय पाउनको लागि गृह प्रधानमन्त्रीसँग भेट्दा समेत न्याय नपाएकोमा गुनासो गरिन्। भएजति प्रमाण पनि सबै नस्ट गरेकोमा उनलाई थप प्रमाण जुटाउन पनि गार्हो परेको उनले बताइन। उनी भन्छिन् ,’फैसलाको दिन अघि नै सेटिंग गरेर पिडितलाई चाही कार्टून बनिइयो दोषीलाई न्याय दिईयो। अब मैले न्याय कहिले पाउने। ‘
अब उनलाई अहिलेको अवस्थामा आफ्नो र आफ्नो दुई सन्तानको ज्यान कसरी बचाउने भनेर नै चिन्ता परेको छ। उनको श्रीमानका अनुसार उनका जेठाजुले उनलाई मार्ने योजना बनाइसकेका छन्। त्यसैले पनि उनको ज्यानको सुरक्षा गरिपाउ भनेर उनले सुरक्षाको माग गरेकी छीन्।
प्रतिक्रिया