वेलायतमा अर्को नयाँ गोर्खा कम्पनी टेभोलेटो स्थापना

इनेप्लिज २०७५ भदौ १६ गते ११:४९ मा प्रकाशित

Photographer: Mr Richard King – Aspire Media Services

रोशन मेवाहाङ्ग

लण्डन,भाद्र १५ । वाईल्डसायरस्थित वार्मिस्टरमा बेलायती सैनिक मुख्यालयको निर्देशन अनुसार गोर्खा सैनिकहरुले कवाज प्रदशन गदै अर्को नयाँ गोर्खा कम्पनी टेभोलेटो आधिकारीकरुपमा स्थापना गरेका छन्।

कार्यक्रमका प्रमुख अथिति रहेका मेजर जनरल नेनसन सिबिईले भने, ‘गोर्खाहरुको अनुशासन र कार्य सैलि उच्चतम रहेको प्रशन्सा साथै आफ्नो ३२ बर्ष लामो सैनिक कार्य अवधि भर गोर्खाहरुको बाहादुरीपन कहिले पनि नझुकेको अनुभब प्रकट गर्दै नयाँ गोर्खा कम्पनी स्थापना भएकोमा आफु खुशी हुदै सम्पूर्ण टेभोलेटो कम्पनीमा कार्यरत सैनिकहरुलाई त्यो बाहादुरीपन जोगाई राख्न हौशला दिदै आफनो गन्तव्यमा पुग्न शुभकामना व्यक्त गरेका थिए ।’

गत दुई हप्ता अघिबाट अभ्यास गरिएको उद्धघाटन समारोहको कवाजलाई वारेन्ट अफिसर टु चोलानाथ लिम्बुले संयोजन गरेका हुन । विहान ठिक ११बजे ट्भोलेटो कम्पनी कमाण्डर मेजर प्रकाश गुरुङ्ग यमभिओले मेजर जनरल नानसन सिविईलाई रिपोट गराउदै कवाज निरिक्षण गर्न हार्दिक अनुरोध गरेका थिए । उक्त समारोहमा क्याप्टे साम फोस्टरले युद्ध सम्मान ‘टेभोलेटो’ को ईतिहास पढेर उपस्थित दर्शक तथा गोर्खा सैनिकहरुलाई स्मरण गराएका थिए ।

टेभोलेटो; इटालीस्थित दक्षिणीभेगमा रहेको एउटा गाँउको नाम होे । दोस्रो विश्व युद्धमा हिटलर विरुद्ध लडाई लड्न ७ गोर्खा राईफल्सका सेनाहरु सन् १९ सेप्टेम्बर १९४३ मा टेभोलेटो गाँउ तर्फ लडाई लड्न लागेका थिए । टेभोलेटो चट्टान नै चट्टानले भरिएको उकालो स्थानमा रहेको कारण धेरै गोर्खा सैनिकहरुले ज्यान गुमाउन पुगेका थिए । जर्मनका हिटलरले गोर्खाहरु विरुद्ध मेसिन गन,मोटर र आर्टिलरी जस्ता ठु–ठुला भयानक हतियार प्रयोग गर्दा गोर्खाहरु त्यो रात टेभोलेटो पुग्न असफल बनेका थिए । बाकी सानो संख्यामा रहेका गोर्खाहरुले हिटलरका सैनिकहरुलाई एक रात अघि बढ्न रोकेका थिए । भोलि विहान ५ बजे उक्त बटालियनका ए कम्पनीको सहकार्यमा हिटलरका सवै सैनिक ध्वस्त पारेका कारण उक्त बटालियनको सि कम्पनीको महान साहस देखेर विरताको चिन्ह स्वरुप गोर्खाहरुलाई ‘टेभोलेटो’ युद्ध सम्मान दिईएको थियो ।

समारोहमा मेजर प्रकाश गुरुङ्ग यमभिओ ३२ बर्ष र नायक राजकुमार याक्खा १५ बर्ष अनुशासित ढङ्गले सफल्तापूर्वक कार्य अवधि पुरा गरिएको अवशरमा लङ्ग सर्भिस गुड कन्डक मेडल साथै यो बर्ष ट्भोलेटो कम्पनी भित्र आन्तरीक पल्टुन प्रतियोगीतामा ईन्जिनियर (पाइनर)पल्टुनलाई प्रथम नतिजा घोषणा गदै उक्त पल्टुनका पल्टुन कमाण्डर वारेन्ट अफिसर टु रित गुरुङ्गलाई ट्रफि हस्तान्तरण गरिएको थियो । पत्रकार संयोजक र समारोहका अथितिहरुको उपस्थितिलाई वारेन्ट अफिसर टु गंगा गुरुङ्गले स्वागत गरेका थिए ।

व्रिगेड अफ गोर्खाजमा लामो समय सम्म काम गरेर अवकाश लिएका कयौ व्रिटिस अफिसरहरु लगायत ७ गोर्खा राइफल्स एसोसियसनका अवकाश प्राप्त सदस्यहरु व्रिगेडियर डेभिड वईल र व्रिगेडियर डेभिड मोर्गान समेत उपस्थित रहेको उद्धघाटन समारोहमा दिवा भोज  कलर सार्जन्ट नवराज रानाले व्यावस्थापन गरेका थिए । प्रमुख अथिति र विशेष अथिति कर्णेल अफ दी आरजिआर मेजर जनरल जियम स्ट्रिकल्याण्ड डियसओ,यमविईलाई जेसन र रियान्काले फुलको पुच्प गुच्छा र माला अर्पण गरेर दिवा भोजमा स्वागत गरेका थिए । अथिति गणमा रहेका कर्णेल विजी कर्णेल जेजि रविन्सनले गोर्खा कम्पनी टेभोलेटो स्थापना गर्नमा मुख्य भुमिका रहेको स्रोतले जानकारी गराए ।

बिभिन्न परिचय बोकेर सभ्यताको शिखर चुमिरहेका बेलायती गोर्खा सैनिकहरु आफनो एउटा युद्ध कौशल मात्र नभएर तालिम अवधिमा रहदा पनि उच्चतम कला प्रदशनका कारण बेलायती सरकारले थप यो बर्ष बाट नयाँ सैनिकहरु ३२० बेलायती सैनिक र १२० सिंगापुर तर्फ लगिने व्रिगेड अफ गोर्खाज मुख्यालयले सार्वजनिक गरेका छन् । हाल सम्म विग्रेड अफ गोर्खाज भित्र करिब ३५०० गोर्खा सैनिक कार्यरत रहेका छन् ।

Photographer: Mr Richard King – Aspire Media Services

बेलायतबासी सम्पुर्ण उपस्थित संघ संस्थाका पदाधिकारीहरु विग्रेड अफ गोर्खाजका ईन्जिनियर रेजिमेन्टका गोर्खा मेजेर मेजेर पुर्ण सिंह तामाङ्ग, पहिलो गोर्खा बटालियनका गोर्खा मेजर मेजर सुरेश कुमार थापा यमभिओ र तिनका प्रतिनिधी लगायत  पत्रकार बन्धुहरु तथा प्राविधिक संयोजक वारेन्ट अफिसर टु बशन्त राई र ट्भोलेटो कम्पनीका सैनिकहरुलाई मेजर गुरुङ्गले धन्यवाद प्रकट गदै शुभकामना दिएका थिए । उद्धघाटन समारोहमा गुरुङ्गले भने‘यो नयाँ कम्पनी स्थापना भएकोमा म धेरै खुसी र गर्ववान्वित छु । गोर्खाहरुका बाहादुरी पक्ष र कौशल पक्षका सकरात्मक समिक्षाको शाव्दिक व्याख्या गदैे कम्पनीको तर्फबाट प्रमुख अथिति मेजर जनरल नेनसल सिविईलाई गोर्खालीहरुको ईतिहास राख्न सफल प्रसिद्ध खुकुरी चिनो स्वरुप उपहार हस्तान्तरण गरिएको थियो ।

 

प्रतिक्रिया