बाजुराका ध्रुव बिक किन भन्दैछन् “कठै विचरा”, यस्तो छ उनको पहिलो गीतको रेकर्डिङ्गको तयारी

इनेप्लिज २०७५ असार ३१ गते १२:२१ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : पछिल्लो समय बालबालिकादेखि बूढापाकासम्मले मानिसको अनौठा प्रतिभा हेर्न लालयित बन्ने गरेकाले पनि सम्भावना बोकेका प्रतिभाले सामाजिक संजालको माध्यमबाट छोटो समयमा नै उपलब्धि हासिल गरिरहेका छन।

त्यस्तै, छोटो समयमा नै आफ्नो गायन प्रतिभाका कारण सामाजिक सञ्जालमार्फत भाइरल भएका बाजुराका ध्रुव विक हालै आफ्नो पहिलो गीत रेकर्डिङ्ग गराउनमा व्यस्त देखिन्छन। उनको पहिलो गीतको बोल ‘कठै बिचरा’ रहेको छ। उनी आफ्नो गीतको तयारी गरिरहँदा आफु निकै खुशी भएको ध्रुबले बताए।

गायक प्रमोद खरेल, बाल गायक प्रेम परियार र यति खेर चर्चामा चुलिएका अशोक दर्जीको जस्तै गीत गाएर उनी भाईरल बनेका हुन । यता अशोक दर्जीको नयाँ गीतले बजार तताइरहेको बेलामा ध्रुव एकाएक कता हाराए भन्ने जिज्ञासा पनि सबैमा हुनु स्वभाविक नै हो। यसै सन्दर्भमा कुरा गर्दा उनले आफ्नो पढाईका कारण मिडियामा आउन नसकेको बताए।

हालै उनी काठमाडौँको तिरुपाती बोर्डिंङ्ग स्कुलको होस्टेलमा बसेर पढ्ने गर्छन। उनी कक्षा सातमा पढ्दै छन्। अहिले गर्मी विदाको समय पारेर उनी ड्रिम्स स्टुडियोमा आफ्नो गीत रेकर्डिङ्ग गर्दैछन।

ध्रुव स्कुलमा पढाईको साथ-साथै सङ्गीत पनि सिकिरहेका छन्। उनले स्कुलमा पनि कार्यक्रम भएको बेलामा गीत गाउने गर्छन। सङ्गीत सिकेर आफुले सङ्गीतको स्वर लयको झन् बढी ज्ञान पाएको उनको भनाई छ। उनले सङ्गीत क्लास नहुँदा आफै पियानो बजाएर सङ्गीतको अभ्यास गर्ने गर्छन।

आफन्तले ध्रुवले गाएको गीतको केही अंश सामाजिक सञ्जाल फेसबुकमा राखेपछि उनी एका एक चर्चामा आएका हुन। पिएनपिखबर डट कमको टिमले विकट जिल्ला बाजुराको सदरमुकाम मार्तडीसम्म पुगेर उनको प्रतिभालाई उजागर गर्ने जमर्कोका साथ् राजधानी ल्याएको हो । उनको गायन कलाबाट उनी आज चर्चित बनेका छन् । हालै काठमाडौँको स्कुलमा पढ्नुको साथै आफ्नो गायन कलातर्फ केन्द्रित छन् । पिएनपिखबर टिमको सहयोगमा नै उनको गीतको तयारी भईरहेको छ। ध्रुबको आवाज रहेको पहिलो नयाँ गीत छिट्टै नै बजारमा आउनेछ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया