अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधि सहितको सहभागितामा नेपाली समुदायको झांकी तथा प्रदर्शनका तस्विरहरू

इनेप्लिज २०७५ जेठ २० गते १:२८ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधि सहितको सहभागितामा नेपाली समुदायको झांकी तथा प्रदर्शनका तस्विरहरू! आदर्श नेपाली समाज, एनआरएन भर्जिनिया च्याप्टर र श्रीओम कीर्तन मण्डली तीनै संस्थाको तर्फबाट संयोजक गुणराज लुईटेलले नेपाल र नेपालीलाई अमेरिकामा चिनाउने सानो प्रयासस्वरुप हर्नडन क्षेत्रमा पहिलो पटक यो कार्यक्रम गरिएको बताउनु भयो ।

साथै सो कार्यक्रममा अमेरिकी सांसद जेराल्ड कोनल्ली, भर्जिनिया स्टेट प्रतिनिधि जेनिफर बोयस्को र हर्नडन मेयर लिसा मर्कलबाट शुभकामना शन्देश प्राप्त भएको थियो । प्रमुख अतिथी अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की हुनुहुन्थ्यो भने अतिथिहरुमा हर्नडनका उपमेयर जेनिफर बेकर र काउन्सिल मेम्बर बिल मकेनी हुनुहुन्थ्यो । अतिथीहरुलाई स्थानीय बालबालिकाले गीत र नृत्यहरु प्रस्तुत गरेका थिए । त्यसपछि नेपाली समुदायले स्थानीय नगर परिक्रमा गरेका थिए ।

https://www.facebook.com/enepalese/videos/1772159379537681/?t=1

https://www.facebook.com/enepalese/videos/1772175816202704/?t=8

प्रतिक्रिया