क्यानाडाका राजदुत पोखरेल तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका महासचिब बेन्जामिन बीच मन्ट्रीयलमा भेट

इनेप्लिज २०७२ वैशाख ९ गते २३:५४ मा प्रकाशित

canada 1

क्यानाडाका लागि नेपाल सरकारका राजदुत काली प्रसाद पोखरेल तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका महासचिब रेमण्ड बेन्जामिन बीच मन्ट्रीयलमा भेटघाट भएको छ l

साथै उक्त भेटघाट कार्यक्रममा राजदुत काली प्रसाद पोखरेलले आफ्नो नियुक्तिको प्रमाण पत्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका महासचिब रेमण्ड बेन्जामिनलाई हस्तान्तरण गर्नु भएको छ l

उक्त हस्तान्तरण कार्यक्रम आईसीएओको प्रधान कार्यालय क्यानाडाको मन्ट्रीयलमा गरिएको थियो l उक्त कार्यक्रममा राजदुत पोखरेल तथा आईसीएओका महासचिब रेमण्ड बेन्जामिन बीच आईसीएओ सम्बन्धि बिबिध पक्षहरुमा कुराकानी भएको थियो l

उक्त भेटघाट कार्यक्रममा राजदुत पोखरेलले नेपाल सरकारको हस्तलिखित राहदानीलाई एमआरपी राहदानीले प्रतिस्थापन गर्न गरि रहेका प्रयास तथा सन् २०१५ को नोवेम्बरको समय सिमा र सरकारका चुनौती एवं कठिनाईका बिषयमा आईसीएओका महासचिबलाई जानकारी गराउदै आईसीएओको सहयोग र समझदारीको लागि अनुरोध गर्नु भएको थियो l

canada 2

उक्त कुराकानी कै क्रममा नेपालको हवाई सुरक्षा सम्बन्धि अन्तर राष्ट्रिय नागरिक उड्डयनसंगठन(आईसीएओ)को प्रतिबेदनमा सुधार गर्नु पर्ने बिषय तथा क्षेत्रहरुलाई सम्बोधन गर्ने गरि नेपालका हवाई उड्डयन सम्बन्धि निकायले कार्य गरि रहेको जानकारी दिदै राजदुत पोखरेलले नेपालको अर्थतन्त्रमा प्रतक्ष्य प्रभाव पर्ने पर्यटन उद्योग सम्बन्धि नेपालको हवाई उड्डयन क्षेत्रको सुधार (आईसीएओ)को सकारात्मक पहल र कदम एवं युरोपिएन युनिएन र युएनडब्लुटिओ संगको सहकार्यमा पनि आईसीएओको सहयोगको लागि समेत अनुरोध गर्नु भएको थियो l

आईसीएओका महासचिब बेन्जामिनलाई पेस गरेको नियुक्ति प्रमाण-पत्र ग्रहण गर्दै राजदुत पोखरेलले राखेका कुराहरुलाई सकारात्मक लिनु भएको जानकारी नेपाली राजदुतावास ओटावाको छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ l

यसै गरि राजदुत पोखरेलले विश्व उर्जा परिषदका प्रमुख म्यारी जोस न्याडेउ संग पनि भेटघाट गर्नु भयो भने राजदुत पोखरेलले नेपालको जल बिद्युतको विकासमा बैदेशिक लगानीका अवसर र नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुका बारेमा समेत जानकारी गराउनु भएको थियो l

canada 3

विश्व उर्जा परिषदका प्रमुख म्यारी जोस न्याडेउले जल बिद्युत उत्पादनमा हाईड्रो क्युबेकको अनुभव राम्रो रहेकोले नेपालको जल बिद्युत क्षेत्र उपयुक्त हुन् सक्ने बताउनु भएको थियो भने भेटका अवसरमा हाईड्रो क्युबेकका अर्का उपाधक्ष्य पिएर लुक डोसंज पनि उपस्थिति रहेको थियो l

साथै मन्ट्रीयल भ्रमणका अवसरमा नेपाली समुदायले आयोजना गरेका नया बर्षका कार्यक्रमलाई पनि सम्बोधन गर्नु भएको थियो भने मन्ट्रीयल स्थित कुबेक प्रान्तका लागि नेपालका अवैतनिक बाणिज्य दुत संग कुबेक प्रान्तमा नेपालको पर्यटन एवं व्यापार अभिवृद्धि गर्ने उदेश्यले गर्न लागिएको कार्यक्रमका सम्बन्धमा छलफल गर्नु भएको थियो l

नेपाली दुतावास ओटावाका उप नियोग प्रमुख दिलिप कुमार पौडेल पनि राजदुत पोखरेलको भ्रमण भर साथमा रहनु भएको थियो l

प्रतिक्रिया