पानसले ल्यायो आउछ होला झल्को (भिडियो सहित)

इनेप्लिज २०७४ माघ १८ गते २२:४२ मा प्रकाशित

जु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीर्को क्षेत्रमा एक पछी अर्को निकै उत्कृष्ट गीत संगीतका उत्पादन हरु बजारमा आइरहेका छन् । यो भित्र पनि सिंगो नेपाली गीत संगीतको श्रीबृद्धिको लागि भने “पानस डिजीटल” प्रालि पनि संचालनमा आएको छ । आगामी दिनमा धरासाही बनेको सांगीतिक क्षेत्रलाई केहि मात्रामा भए पनि टेवा पुर्याउने र बिभिन्न कम्पनीहरु बाट आफ्नो गीत संगीतको उत्पादनहरु बजार व्यवस्थापन गर्दा शंकालु बनेका कलाकारहरुलाई पनि निश्चिन्ता प्रदान गर्ने पनि यस म्युजिक प्रालिको बाचा रहेको छ ।

यसै पानस डिजिटल प्रालिले आफ्नो शुभारम्भको पहिलो सांगीतिक कोसेली स्वरूप “आउछ होला झल्को” बोलको गीतलाई भर्खरै सार्बजनिक गरेको छ । आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यो गीत दिनेश थापा र निशान बानियाको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको हो । प्रस्तुत गीतलाई लय कुशल बिस्वकर्माले भरेका हुन् भने शब्द दिनेश थापा क्षेत्रीले तयार पारेका छन् ।

खुमन अधिकारी र बिनिता क्षेत्रीको सुमधुर स्वरले सजिएको यो निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियो पनि अत्यन्त आकर्षक बनेको छ ।भिडियोमा गोल्डेन डेबिट सेन ओली र एलिना रायमाझीको लोभ लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?time_continue=16&v=CuwOPZNE8vw

प्रतिक्रिया