काठमाडौं, पुस २६ । पछिल्लो समय चलचित्र, विज्ञापन, म्युजिक भिडियोमा निकै व्यस्त भएकी अभिनेत्री प्रियंका कार्कीलाई एउटै आरोप लाग्ने गरेको छ ।
उनले आफू फरक भुमिकामा देखिएको छु भन्दै प्रदर्शनको तयारीमा लागेको चलचित्र ‘बटरफ्लाई’को उदाहरण पेस गरिन् । उनी भन्छिन्, ‘मैले ‘बटरफ्लाई’ मा मन लागेको फरक भुमिकामा काम गर्ने मौका पाएको छु ।’ उनी थप्छिन्, ‘पहिलोपटक म आँफै स्वयमलाई ‘बटरफ्लाई’मा उतारेको छु ।’
आफूलाई चलचित्र क्षेत्रमै स्थापीत गर्न अन्य कुनै पेशा नअंगालेको बताउने कार्कीले अभिनयमै रमाइरहेको बताइन् । उनले भनिन्, ‘एउटा चलचित्रबाट ११ करोड पारिश्रमिक पाए वर्षमा एउटामात्रै चलचित्रमा अभिनय गर्छु ।’ तर, उनले आफूले पाएको पारिश्रमिकबाट सन्तुष्ट रहेको बताइन् ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’लाई केन्द्रिय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट दिएको छ । निर्देशक ओमप्रतिक गुरुङले चलचित्र ‘बटरफ्लाई’ १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा बसेर हेर्न सकिने बताए ।
प्रतिक्रिया