व्हाइट हाउस अगाडि ईरानमा स्वतन्त्रता तथा प्रजातन्त्रको समर्थन गर्दै प्रदर्शनकारीको भेला

इनेप्लिज २०७४ पुष २३ गते २:५५ मा प्रकाशित

अमेरिकामा रहेका इरानी अमेरिकनहरुले इरान सरकारले ईरानमा बिरोध प्रदर्शनको दमन गर्दै हत्या समेत गरेको आक्रोशमा व्हाइट हाउस अगाडि ईरानमा स्वतन्त्रता तथा प्रजातन्त्रको समर्थन गर्दै प्रदर्शनकारीले भेलाको आयोजना गरेका छन् l

तापक्रम शून्य भन्दा निकै तलको अवस्था रहेता पनि व्हाइट हाउस अगाडी बिरोध प्रदर्शन गर्ने एक भर्जिनियाको फल्स चर्चमा कार्यरत फर्मसिस्टले ईरानमा स्वतन्त्रता तथा प्रजातन्त्रको लागि भेला भएको जनाएका छन् l

गत बिहिबार देखि नै ईरानमा अर्थव्यवस्था ,पारदर्शिता तथा भ्रष्टाचार सम्बन्धिको बिषयलाई लिएर व्यापक बिरोध प्रदर्शन भएको थियो l सरकारले प्रदर्शनकारी माथि दमन गर्दा मृत्यु भए पछि अझ बिरोध व्यापक भएको थियो l

ईरानमा सन् २००९ देखि कै अहिले सम्म को ठूलो बिरोध जुलुस रहेको थियो l आज वाशिंगटन डिसीमा सम्पन्न जुलुस प्रदर्शनमा सहभागीले सयुक्त राज्य अमेरिकाको नैतिक समर्थनको अपेक्षा गरेको कुरा डब्लुटिओपि मा समाचार छ l

ईरानले सामाजिक संजाल लाई प्रतिबन्ध लगाएको छ l प्रदर्शनकारीहरुले अमेरिकाका प्रविधि कम्पनिहरुलाई निरंकुश राष्ट्र ईरान सरकार बिरुद्ध प्रदर्शनकारी लाई सहयोग गर्न आब्हान गरेका छन् l

ईरान ले सामाजिक संजाल तथा अंतर्जाल बन्द गरि दिए पनि अमेरिकन सरकारले चाहेमा निशुल्क प्रदान गर्न सक्ने छ l

तस्बिर : डब्लुटिओपि 

प्रतिक्रिया