गायक दामोदर र पुर्णकलाको मायाको जुहारी “ स्याङजा आधिखोला ” (भिडियो सहित)

इनेप्लिज २०७४ पुष १६ गते १३:५८ मा प्रकाशित
विराटनगर, पुस १६
नेपाली गीत संगीतमा निरन्तर  क्रियाशिल रहदै आउनुभएका गायक दामोदर भण्डारी र पुर्णकला विसीको आवाजमा लोकदोहोरी गित “ स्याङजा आधिखोला ” म्युजिक नेपाल मार्फत डिजिटल बजारमा आएको छ । मौलिक लोक सिर्जना गर्न खपिस गायक दामोदरले मौलिकपनका साथै माया र प्रेमको जुहारी गित मार्फत बाहिर ल्याएका छन । मायामा हुने विभिन्न आयामहरुलाई भिडियो तथा शब्द मार्फत ब्यक्त गर्ने प्रयास गर्ने कोशिस गरिएको छ ।
हिजो सगँै भेटेको मायालु विभिन्न बाध्यता र समयको कालखण्ड सगैँ कतिपय अवस्थामा आफनो गाउँ घर छोडेर पराइ ठाउँमा जानुपर्दा आफनो बाल्यकालको यादलाई सम्झने कोसिस गरिएको छ । ज्योति न्यौपानेको शब्द तथा संगित “ स्याङजा आधिखोला ” गितमा रहेको छ । भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन भने अमर शाक्यले सम्पादन गरेका हुन । कपिल लामाको निर्देशन रहेको छ । सारिका केसी र विमल अधिकारीको अभिनय भिडियोमा रहेको छ ।

प्रतिक्रिया