नेपाली वुमन अफ द एयर इन अमेरिका २०१७ कि बिजेता सच्ची मैनाली द्वारा हार्दिक आभार तथा धन्यवाद ज्ञापन

इनेप्लिज २०७४ कार्तिक ७ गते ०:३३ मा प्रकाशित

गत अक्टोबर २१ तारिख नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ मा संचारकर्मी तथा महिला अधिकारकर्मी सच्ची मैनाली बिजयी घोषित भईन l उनलाई डीसी महानगर क्षेत्रको भर्जिनिया को फल्सचर्च मा वुमेन इन कन्सर्ट युएस टुर २०१७ को कार्यक्रम सुरु हुनु अगाडी उनलाई उक्त घोषणा गरिएको हो l

उनलाई व्यक्तिगत रुपमा बधाई र शुभकामना दिने को ऒइरो छ l र ,उनले सामाजिक संजाल मार्फत सबैलाई धन्यबाद दिने क्रम जारि गरेकी छिन् l उनले आधिकारिक रुपमा उनले सबैलाई यस्तो संदेश दिएकी छिन् l

उनको संदेश जस्ता को त्यस्तै :

अमेरिकामा पहिलो पटक (विश्वमै पहिलो पटक हुनुपर्छ )थ्री इ इण्टरटेन्मेण्टको आयोजनामा वुमन कोअर्डिनेसन टिमले गरेको नेपाली वुमन अफ द एयर इन अमेरिका २०१७ को पहिलो वुमन अफ द एयर घोषित हुन पाएकोमा गर्व महशुष गरेको छु ।

अमेरिकामा विविध क्षेत्रमा कार्यरत चेतनशील, जुझारू र कर्मठ महिलामध्यवाट छनौट गरी वुमन अफ द इएर २०१७ को उपाधिबाट सम्मानित गर्नुहुने र मलाई अपार माया र समर्थन गर्नुहुने सबैलाई भृकुटी जस्तो विभूति जन्माउने जननी नेपालकी छोरी म सच्ची मैनालीको हार्दिक विनम्र नमन ।

 विटु के.सी बराल 

पत्रकारिताको धर्म र मर्म अर्थात मूलमन्त्रलाई आत्मसात गर्दै सत्यताको वकालत गरी क़लम चलाउँदै गर्दा आईपर्ने थ्रेट र आक्रमणलाई अझै निडर भएर सामना गर्दै नेपाली समुदायको निम्ति थप बलियो भएर लाग्न यहाँहरूले दिनुभएको हौसला र प्रोत्साहनको जतिनै आभार ब्यक्त गरेपनि कम नै हुन्छ ।

मलाई अनलाईन भोटिंगको समयमा अपार माया र समर्थन देखाई सयौं टेक्स्ट र मेसेजहरु मार्फत सुभेक्षा प्रदान गरेर हौसला प्रदान् गर्ने सबैलाइ धन्यवाद दिन म संग शब्दकोषमा शब्द छैन । सबै प्रति नमन ।

इन्दिरा त्रिपाठी क्यालिफोर्निया

यहॉहरूको माया र समर्थन मेरो शक्ति हो । अमेरिकामा पनि आफुमाथि सत्य बोलेकै कारण आक्रमण भईरहेको अवस्थामा यसरी मेरो कामको मुल्यांकन गरेर यहॉहरूले मलाई समर्थन गर्नु र जजहरूले समेत स्वयंसेवकको रूपमा समय निकालेर हामी सबै नोमिनीहरूको बायोडाटा पढेर हामीले पठाएका ति डकुमेन्टसहरू हेरेर हाम्रो कामको उच्च मूल्यांकन गरीदिनु भएकोमा जजहरू क्रमश : विटु के.सी बराल टेक्सास (सम्पादक हिमालयखवरडटकम ), इन्दिरा त्रिपाठी क्यालिफोर्निया( एनआरएनए एनसीसी वुमन कोअर्डिनेटर), अनु श्रेष्ठ वन्त( अध्यक्ष वाना, वाल्टिमोर मेरिल्याण्ड) सरिता बर्तौला , मेरिल्याण्ड( कोअर्डिन्टर अफ वुमन कोअर्डिन्सन टिम) का सबैलाई पनि धन्यवाद दिन चहान्छु ।

                 अनु श्रेष्ठ वन्त

अर्को कुरा यहाँ मेरो प्रतिश्पर्धा कसैसँग छैन, मेरो विनम्र विचारमा कोही कसैको प्रतिश्पर्धी होइन । सवैले नोमिनिले आआफ्नो क्षेत्रमा उच्च योगदान गर्नु भएको छ । र सवैले यसलाई निरन्तरता दिंदै जानुहोस् यही मेरो शुभकामना ।

अनि कसै न कसैले २०१८ सम्ममा नेपाली म्यान अफ द एयर को पनि शुरूवात गरिदेओस् किनभने राम्रो काम गर्ने हौसला र प्रेरणा महिलालाई मात्र होइन, पुरूषलाई पनि चाहिन्छ ।

सरिता बर्तौला

आफ्ना छोराछोरी सवै कलाकारितामा लागुन् भन्ने चाहना राख्ने मेरो वुवा स्वर्गीय गोपालराज मैनाली जसलाई सवैले चँखे उपनामले चिन्छन् उहॉंलाई पनि अनन्तवाट हेरेर पक्का पनि आफ्नो छोरीले पाएको यो सम्मान, माया, स्नेह र समर्थन देखेर गर्व महसूस भएको हुनुपर्छ चाहे त्यो माया र समर्थन सन्चार क्षेत्रको लागि नै भएको किन नहोस् ।

मलाई माया मर्ने सवैलाई मैले व्यक्तिगत रूपमा धन्यवाद दिन सम्भव छैन । मेरा शुभेक्षुक र समर्थकहरुलाई म शव्दमा होईन मनमा राख्न चाहन्छु । यहाँहरूको अपेक्षामा म खरो उत्रनेछु । यही नै मेरो सवैप्रति सच्चा धन्यवाद हुनेछ । सधैं अग्रजहरूको आशीर्वाद पाईरहूँ , सकारात्मक सुझाव र सल्लाहलाई म सदा आत्मसात गर्नेछु ।

यो आयोजनाको निरन्तरता र स्थायित्वको समेत कामना गर्दै विदा हुन चाहन्छु । धन्यवाद ।

तपाईहरुकै,
सच्ची मैनाली, पेनसलभेनिया, अमेरिका

 

 

प्रतिक्रिया