१४ दिन देखि अनसनमा बसेका चिकित्सक गोविन्द केसीले तोडे अनसन तोडेका छन् l डा केसीले सरकारी वार्ता टोलीसँग १० बुँदे सहमतिपछि १३ औं अनसन १४ औं दिनमा समाप्त गरेका हुन् l
सरकारी वार्ता टोलीले डा. केसीसँग चिकित्सा शिक्षा विधेयक संशोधन सहित पारित गर्ने लगायतका माग पूरा गर्ने प्रतिबद्धता जनाएको छ । उनलाई १० वर्षीय बालिका रोजिना तामाङको हातबाट पानी र मह खाएर अनसन तोडेका हुन् ।
सरकारी टोलीसँग १० बुँदे सहमतिमा दस्तखत भए पछि प्रा डा. केसी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको थियो । प्केप्रा सीले आज गरिएको सहमति ६ गते भित्र कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।
सरकार र डा. केसीबीच भएको सहमति पत्रमा अध्यादेश मार्फत चिकित्सा शिक्षा विधेयक पारित गर्ने ,आईओएमको शूल्क घटाउने, त्रिभुवन र काठमाडौं विश्वविद्यालयमा भएको मेडिकल शिक्षासम्बन्धी अनियमितताको अध्ययन गरी दोषीलाई कारवाही गर्ने, मेडिकल कलेज खोल्ने अनुमति दिंदा जनसंख्या, भूगोललगायतका तत्वलाई आधार मान्नेलगायत बिषय छन् ।
प्रतिक्रिया