स्विस पर्वतारोहीको सगरमाथामा मृत्यु,नेपाल मै अन्तिस संस्कार गरिने

इनेप्लिज २०७४ वैशाख १९ गते २३:५८ मा प्रकाशित

स्विटजरल्याण्डका हिमाल आरोही उली स्टेकको सगरमाथा आरोहणको क्रममा गत आइतबार मृत्यु भएको छ । स्विस नागरिक उली सगरमाथा आरोहण आरम्भ गरेदेखिनै अर्का स्विस नागरिक उद्दारपाइलट माउरिजो फोलिनीले उलीको टिमलाइ पिछा गरिरहेका थिए ।

तर जब उनले उलिलाई उद्दार गर्न चाहंदा चाहंदै पनि उद्दार गर्न असम्भब र ढिलो भएको कुरा स्विस समाचार एसआरएफ लाइ बताएका छन् । उनका अनुसार उली साउथकोलबाट आरोहण गर्न र बेस क्याम्प फर्कन चाहन्थे । तर अचानक शनिबार दिउंस उलीले आफ्ना आरोहण दल सदस्य तेन्जीलाइ एसएमएस गरि आफुले रुट परिबर्तन गर्न चाहेको बताएका थिय ।

तेन्जीका अनुसार उली साउथकोल नभई नजिकै भएको नुप्टसे जान चाहेको बताउंदै त्यहि यो घटना भएको बताए । घटना हुंदा उली आफ्नो आरोहण दल संग नभई एक्लै भएको बताइएको छ ।

उलीको अन्तिम संस्कार नेपाल मै गरिने

नेपाल प्रेमी समेत रहेका पर्वतारोही उली स्टेक हिमाललय,शेर्पाहरुलाइ अति नै मन पराउंथे । उलीको परिवारको अनुसार उनको नेपाल,हिमाललय,शेर्पा र शेर्पाका परिबारहरुसंग अत्यन्तै निकट संबन्ध थियो । त्यसै कारण उली परिवार उनको अन्त्यस्टि बुद्ध परम्परा अनुसार गरिने भएको छ भने स्विटजरल्याण्डमा केहि समय पछि उनको सम्झनामा कार्यक्रम गरिने कुरा उली स्टेकका प्रबक्ताले बताएका छन् । उनका अनुसार उली कि श्रीमती र परिवारका सदस्यहरु नेपाल पुगेपछि सगरमाथा बेस क्यामको बाटोमा रहेको एक बुद्धिस्ट गुम्बामा उनको अन्तिम संस्कार गरिने भएको छ । परिवारका सदस्यहरु सोमबार नेपाल पुगेका छन् ।

प्रतिक्रिया