लसएन्जल्समा सोनाम ल्होछारको भब्य तयारी

इनेप्लिज २०७३ फागुन ११ गते २:१७ मा प्रकाशित

क्यालिफोर्निया लसएन्जल्समा बसोबास गर्ने तामाङ समुदायले आफ्नो मुख्य पर्व नयाँ बर्ष सोनाम ल्होछार भब्य रुपमा मनाउन तयारीमा जुटेका छन् । ल्होछारकै अवसरमा शुभ कामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने जानकारी सांस्कृतिक संयोजक भीमसेन लामाले गराएका छन् l

सबै जातजाती भाषा संस्कृतिको जगेर्ना गरौ ,परम्परागत कला सस्कृतिको सम्बर्दन गरौ “भन्ने मुख्य उदेस्यका साथ तामाङ समुदायको नयाँ वर्ष (चरा वर्ग )”ज्या ल्हो” मनाइने भएको छ l

समाजका अध्यक्ष टेक लामाले एकता भित्रको छुट्टै भाषा, पहिचान र संस्कृतिको विकास गर्ने एंव तामाङ समुदायको मौलिकता झल्काउने लक्ष्यका साथ लसएन्जल्समा नै पहिलो पटक यो पर्व मनाउन गईरहेको हुँदा सबैको सकारात्मक सहयोग र साझा तथा फराकिलो बुझाईहोस् भन्ने आशा राखेका छन् l

कार्यक्रम अर्कों साता फेब्रुअरी २७ तारिख सोमबार बेलुकी लसएन्जल्स शहरको आर्टेशिया स्थित तारा हिमालयन कुजिनमा चर्चित हास्य कलाकार गोपाल नेपाल (फिस्टे), अन्य कलाकारहरु डोमा ह्योल्मो , नलिना चित्रकार र दोहोरी गायिका शिला आले मगरको साथमा हुने भएको छ l

यस कार्यक्रममा लसएन्जल्सका संघ/संस्थाहरुलाई निमन्त्रणा गरिसकेको र सम्पूर्ण लसएन्जल्सबासी समुदाय सदस्यहरुलाई यसै सुचना मार्फ़त निमन्त्रणा गरिएको जानकारी सोसाइटीका महासचिव डोल्मा लामा जानकारी दिएकी छिन् l

प्रतिक्रिया