राष्ट्रपति ट्रम्पको सपथ ग्रहणमा ओबामा को भन्दा दर्शक कम

इनेप्लिज २०७३ माघ ८ गते १३:४१ मा प्रकाशित

 

ट्रम्पको सपथ ग्रहण जनवरी २० ,२०१७ 

गत जनवरी २० तारिख देखि नै डोनाल्ड ट्रम्प अमेरिकाका ४५ औ राष्ट्रपति भए l गत राती प्रथम महिला संग नृत्य गर्ने क्रममा आयोजित बिशेष कार्यक्रममा भिड लाई उनले राष्ट्रपति भै सके पछि सामाजिक संजाल म ट्वीटर (प्रलाप )चलाउ कि न चलाउ भनि सोधेका थिए l र हुलले एकै स्वरमा चलाउनु भन्ने संकेत दिए पछि केहि पक्षपात संचार माध्यम को लागि दिनु पर्छ भनि राष्ट्रपतिले जवाफ फर्काएका थिए l

८ बर्ष पछि रिपब्लिकन दलका उम्मेदवारले सत्ता प्राप्त गरे पछि ५८ औ राष्ट्रपतीय उद्घाटन तथा सपथ ग्रहण समारोह अप्रत्याशित भिड हुने अनुमान गरिएता पनि वर्षाको कारण भिडमा कमि रहेको अधिकांश संचार माध्यमले लेखेका छन् l सुरक्षाको कारण छाता समेत लाग्न नदिएको कारण कमि रहन हुन् पुगेको थियो l ऐतिहासिक बिजयी प्राप्त गरेका राष्ट्रपति ट्रम्पको समर्थकहरुले किर्तिमान कायम गर्ने समेत अपेक्षा गरिएको थियो l डेमोक्रेटिक दलका ५० भन्दा ज्यादा संसदहरुले राष्ट्रपति ट्रम्पको सपथ ग्रहण समारोह बहिस्कार गरेका थिए l

राष्ट्रपति ट्रम्पले न्युयोर्क टाइम्सलाई केहि हप्ता अगाडी सम्म अविश्वसनीय र कृतिमान तोड्ने बताएका थिए l र जनवरी १४ मा आफूले सामजिक संजाल मा पुन : आशा गरिएको भन्दा ठुलो हुने लेखेका थिए l

संचार माध्यमले ८ देखि १० लाख सम्म डोनाल्ड ट्रम्प का समर्थक आउने दुई चार हप्ता अगाडी नै पूर्व अनुमान गरेका थिए l र अमेरिकाको इतिहास मै राष्ट्रपति बराक ओबामाको सहभागिताले सबै इतिहास तोडेको छ l सन् २००९ को औपचारिक समुद्घाटन समारोहमा करिब १८ लाख सहभागिता रहेको अनुमान गरिएको छ l हवाई जहाज बाट माथि आकाश बाट लिइएको तस्बिरबाट राष्ट्रपति ट्रम्पको सपथ ग्रहणमा दर्शक कम भएको देखिएको छ l

ओबामा को सपथ ग्रहण जनवरी २० ,२००९ 

पद तथा सपथ ग्रहण समारोहमा अहिले सम्म पूर्व राष्ट्रपति बुश तथा रोनाल्ड रेगनले पनि ४ लाख भन्दा ज्यादा दर्शक आकर्षित गर्न सकेका थिएनन् भनि संचार माध्यमले लेखेका छन् l सन् २००९ र सन् २०१७ को सपथ ग्रहण को कुनै तुलना हुदैन किनभने अमेरिका को इतिहास मै पहिलो पटक अफ्रिकन अमेरिकन राष्ट्रपति भएका ले भिड ज्यादा हुन् पुगेको थियो l

डीसी होमल्याण्ड सेक्युरिटी का अनुसार डीसीमा १ हजार ८ सय गाडी दर्ता गरिएको ले १ लाख मानिस गाडी बाट आएको र सामाजिक संजाल अनुहार किताब बाट ३ लाखले सहभागी हुने बताएका थिए l

प्रतिक्रिया