कावुल अन्तर्राष्ट्रिय विमानस्थलमा साफि विमान दुर्घटना

इनेप्लिज २०७३ मंसिर २५ गते १८:२० मा प्रकाशित

img_2165

कावुल, मंसीर २५ । अफगानिस्ताको हेरात प्रान्तबाट केहि यात्रुहरु सहित आएको साफि एयरवेज हमिद काजर्य अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह १२ बजे आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ ।

img_2156

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट कावुल आईरहेको वोईङ्ग ७३७ साफि एयरवेज कावुल अन्तर्राष्ट्रिय विमानस्थलको रन्वे फ–११–२९ लेन्डिङ्ग टच पोइन्टबाट अवतरण गर्ने क्रममा लेन्डिङ्ग पोईन्टबाट करिब ७ सय मिटर टाढा रन्वे ई–११–२९ पुगेपछि दायाँतीरको लेन्डिङ्ग गीयर अचानक काम गर्न छाडे पछि विमान दुर्घटना भएको हो ।

img_2160

उक्त दुर्घनाको कारण विमान तथा रन्वे मर्मत भईरहेकोले आज दिनभर विमानस्थल अबरुद्ध हुन पुगेको छ । कावुल विमानस्थलमा कार्यरत अनिष तामाङ्गका अनुसार सन् २०१३ मा पनि यस कम्पनिकै विमान दुर्घटना भएको उनले बताए ।

उक्त घटनामा कुनै मानविय क्षति नभएको विमान सुरक्षादलले जनाए पनि केहि सामान्य घाईतेहरुलाई विमानस्थल नजिकैको नेटो बेस क्याम्प अवस्थित रोल टु हस्पिटलको आकस्मिक कक्षमा उपचार भईरहेको स्रोतले जनाएको छ । यो एयरलाइन्स अफगानिस्तानकको एक मात्र प्रमुख एयरलाईन्स भए पनि केहि वर्ष यता आर्थिक लगायत विभिन्न समस्यबाट ग्रसित बनिरहेको छ ।

अफगानिस्तानको नागरिक उड्यन विभागले यस विमान कम्पनिलाई कर तथा ऋणको कारण गत सेप्टेम्बर अघि सम्म उडान भर्न स्थगीत गरिएको थियो ।

प्रतिक्रिया