एक अविस्मरणीय दिन.. “NOVEMBER 6th” – सृजन ताम्राकार

इनेप्लिज २०७३ कार्तिक ११ गते १८:४७ मा प्रकाशित

picsart_10-27-11-27-15

एक अविस्मरणीय दिन.. “NOVEMBER 6th”मेरिल्याण्ड, डि.सी., भर्जिनिया, पेन्सलभेनिया तथा यस वरपर रहनुहुने सम्पुर्ण राष्ट्रिय क्रिकेट प्रेमी नेपालीजनहरुका लागि यहि आउँदो November 6th, आइतबारका दिन अविस्मरणीय हुने भएको छ।

fb_img_1477394279070

उक्त दिन, नेपालका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खडका, उपकप्तान ज्ञानेन्द्र मल्ल लगायत अन्य चर्चित खेलाडीहरु शरद भेषावकर, सिद्धान्त लोहनी, वसन्त रेग्मी, सोमपाल कामी, शुवास खकुरेल, लगायत पुर्व खेलाडीहरुको टिम Nepal Rhinos र अमेरिकी क्रिकेट टिम Washington Cricket League, All Star संगको प्रत्यक्ष प्रतिस्पर्धात्मक मैत्रीपुर्ण खेल हेर्न पाईने, प्रत्यक्ष भेटघाट अनि नेपाली चर्चित स्थानीय गायक गायिकाहरु लगायत ब्याण्डहरुका मनोरञ्जनात्मक गितसंगित अनि नेपाली खानाका परिकारहरु सहित दिनभर संगै रम्न र रमाउने पाईने भएको छ। 3E Entertainment को पहलमा Washington Cricket League, DMV Events र “मेरिल्याण्डका हामी नेपाली” हरुको सहकार्यमा सम्पुर्ण तयारीहरु अन्तिम चरणमा भइरहेको हामी सबैमा जानकारी दिन चाहन्छौं।

picsart_10-27-11-03-25-1

नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि अत्यावश्यक “INJURY RELIEF FUND” को स्थापनार्थ नेपाली राईनोज् क्लवको पहलमा हुन लागेको यो मैत्रीपुर्ण खेलबाट यो आर्थिक संकलनको पहल अगाडि बढाईएको हो। अमेरिकी भुमीमा टेक्सास राज्य, नोभेम्बर ९-१३ मा हुनलागेको ऐतिहासिक 2× Cricket USA CUP 2016 प्रतियोगिता ८ विभिन्न देशका राष्ट्रिय टिम, २० ओभर ४ इनिङमा खेलाईने नयाँ तरिकाको १५ ओटा खेल प्रतियोगितामा भाग लिने दौरानमा अहिले हाम्रो राष्ट्रिय टोलीका चर्चित खेलाडीहरु Nepal Rhinos टिमबाट यी प्रतियोगितामा भाग लिनेछन। जसमा नेपालका पुर्व खेलाडीहरु जो हाल अमेरिकाका विभिन्न राज्यहरुमा छरिएर बस्छन उनीहरुपनि समावेश हुनेछन् । Nepal Rhinos हालै मात्र अमेरिकामा गठन भएको अमेरिकी नेपाली क्रिकेट क्लव हो। हाम्रो नेपाली राष्ट्रिय क्रिकेट टिमको यो ऐतिहासिक पहिलो अमेरिकी खेल भ्रमण रहेको छ। नेपाल र नेपालीहरुको नाम शान बिश्वभर चिनाउन सफल हाम्रो आफ्नै टोलीलाई आउनुहोस् हामी हाम्रो आँगनमा भब्य स्वागत गरौं र यो प्रतियोगितालाई एक अविस्मरणीय बनाऔं।

..सबै जाऔं, संगै खेलौं अनि नेपाल र नेपालीको अर्को एउटा इतिहास रचौं अमेरिकी भुमीमा।।

November 6, मा हुने यो मैत्रीपुर्ण खेल पछि सम्पुर्ण नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुलाई स्थानीय एभरेष्ट इन्टरटेन्ट्मेन्टका साथीहरूले सोही दिन बाल्टिमोरमा प्रदर्शन हुने नेपाली कथानक चलचित्र “सफर – SAFAR” देखाउन बाल्टिमोर ल्याउने भएका छन्। एभरेष्ट इन्टरटेन्ट्मेन्टका दिलिप श्रेष्ठ अनि अपार श्रेष्ठ लगायतका टिमका साथीहरू अहिले यसको प्रचारप्रसार तथा ब्यबस्थापनका लागि जोडतोड्ले लागिपरेका छन्। उहाँहरुका भनाई अनुसार यस चलचित्रबाट उठेको रकम पनि नेपाली राष्ट्रिय क्रिकेट टिमको सहयोगका लागि नै दिईने जानकारी दिएका छन्। प्रत्यक्ष रुपमा आफ्ना प्रिय राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का लगायत सहितको खेलाडीहरुसंगै बसेर चलचित्र हेर्ने यो सुवर्ण अवसरमा हामी कोहि नछुटौं..आउनुहोस् नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बाल्तिमोर मेरिल्याण्डमा भब्य स्वागत गरौं। “..यो एउटा ऐतिहासिक दिन हुनेछ बाल्टिमोरमा..”सफर” चलचित्रका निर्माता तथा लेखक श्री केशव खड्का ज्यु पनि यहि कार्यक्रममा आफ्नो पनि उपस्थिति जनाउदै टेक्सासबाट बाल्टिमोरवासीहरु र नेपाली खेलाडीहरुसंग भेटघाट गर्न आउने पनि पक्का भएको छ, आयोजक अपार श्रेष्ठ यहि बताउँछन्।

यसरी सफर चलचित्रको समाप्ति पछि बाल्टिमोरमा नै रहेको एक चर्चित नेपाली रेस्टुरेन्टका नेपाली संचालक श्री Danny Gurung ज्युको आमन्त्रणामा HIMALAYAN BISTRO, 1030 Light Street, Baltimore, MD 21230 Phone: 443 708 3157 मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुको विशेष सम्मानमा खेलाडीहरु तथा आयोजकहरुका लागि रात्रि भोजको सु-ब्यबस्था मिलाईएको आयोजक साथी उत्सव सिग्देल तथा विश्व किरणले हामीलाई बताउनु भएको छ।

आउनुहोस् , हामी सम्पुर्ण मेरिल्याण्ड, डि.सी. पेन्सल्भेनिया तथा भर्जिनिया र यस वरपर रहनुहुने सम्पुर्ण नेपाली परिवारजनहरु यस अविस्मरणीय दिनमा नेपाल र नेपाली राष्ट्रिय खेलाडीहरुका लागि सबै परिवार सहित पुगेर साथ दिऔं र क्रिकेट खेल मार्फत नेपाल र नेपालीहरुलाई संसारभर चिनाउने उहाँहरुको अभियानमा हौसला प्रदान गरौं।

थप जानकारी सहित चाँडै आउनेछौं। प्रतीक्षा गर्नुहोस्।

लेख – सृजन ताम्राकार

© मेरिल्याण्डका हामी नेपाली, 2016

प्रतिक्रिया