
कोलोराडो अमेरीका
जुलाइ ४, २०२५
कोलोराडोबासी नेपाली भाषी समुदायको आस्थाको केन्द्र सॉंस्कृतिक केन्द्र नेपाली घरमा नेवारी संस्कृती परंपरा अनुसार चौथो मुना इही सम्पन्न भएको छ ।

नेवाःखलः कोलोराडोको आयोजनामा खलःका कार्यसमिति, स्वयंसेवक र इहीमा संलग्न कन्याहरूका परिवारहरूको समुपस्थितिमा चौथो इही संस्कार बिधी पूर्वक सम्पन्न गरिएको हो ।

गुरू बीरेन्द्र राजोपाध्याय तथा गुरूमां प्रतिभा शर्माद्वारा सु सम्पन्न भएको कार्यक्रममा स्थानिय नेवाः कन्याहरू जोया श्रेष्ठ वान्तवा, प्रनेहा श्रेष्ठ, गुराँस श्रेष्ठ यस संस्कारबाट लाभान्वित भएको नेवाःखलः कोलोराडोका अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन् ।

नेवारी सनातन धर्मग्रन्थ अनुसार, रजस्वला भइसकेको कन्यालाई कन्यादान गर्न नमिल्ने भएकोले बाल्यावस्थामा नै भगवान् श्री सुवर्ण कुमारलाई कन्यादान गरिने यो संस्कार नेवाः धर्म संस्कृति अनुसार महत्वपूर्ण मानिएको छ । नेवार समुदायका कन्याहरुको बाल्यावस्थामा नै भगवान् सुवर्ण कुमारसँग बैदिक तन्त्र मन्त्रको माध्यमबाट परंपरा अनुसार इही संस्कार सम्पन्न भैसकेपछि कहिले पनि बिधवा नहुने शास्त्रीय मान्यता छ ।

नेवारी महिलाहरुले सौभाग्यका लागि व्रत बसी कामना गर्नु पर्ने आवश्यकता धर्मशास्त्रले देखाएको छैन । यसै कारणले सनातन हिन्दू नै भएतापनि केही नेवारी महिलाहरुले तीजको व्रत लिनेगरेका छैनन् ।

कोलोराडोमा नेवाः समुदायको जनघनत्व बढेसॅंगै १६ वर्षअघि बिधिवत् स्थापित नेवाः खलःले नेवारी भाषा र नेवारी संस्कृति, संरक्षण र पहिचान मार्फत नयाँ पुस्तालाई सूसुचित गराउँदै आएको छ ।



पत्रकार/लेखक
प्रतिक्रिया