
कहाँबाट शुरु गरौ,
इ-नेप्लिज डटकमको बारेमा केही कुरा लेख्न र भन्न पाउँदा आफैंलाई गर्वको अनुभूति हुन्छ, जब म अमेरिका आए त्यसपछि अमेरिकामा भेटिएका अनलाइन पत्रीकाहरु सिमित मात्रमा थिए शुबु केसी, रामहरि सुबेदी राम प्रसाद खनाल ज्युहरुले पनि आफ्नो- आफ्नो तर्फबाट काम गरिराख्नु भएको थियो तर पछि आएर इ- नेप्लिज डटकमले यति राम्रो र प्रशंसनिय काम गर्दै गएको देख्दा खुसी लाग्दथ्यो, आदरणीय श्री बिश्वराज थापा ज्यु , विजय थापा ज्यु र उहाँहरुको टिमले दिनरात खटेर भोक, तिर्खा केही नभनी काम गरेको हामीले देखेका थियौ, नेपाली वेभ जर्नालिजमको तर्फबाट आफ्नो देशको भाषा,संस्कृति बचाउने काम गरिरख्नु भएको थियो र आजसम्म निरन्तर लागि राख्नु भएको पनि छ।
यसरी अमेरिकाबाट संचालित ईनेप्लिज डटकम संचालन हुने नेपाली समुदायमा समर्पित लोकप्रिय अङ्किय(अनलाईन )पत्रिका भएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाबाट संचालित ईनेप्लिज भर्जिनियामा विधिवत रुपमा दर्ता भएको अङ्किय पत्रिका हो ।सन् २०१२ जनवरी १ का दिन देखि संचालनमा आएको नेपाली भाषामा संचालित पत्रिकामा अंग्रेजीको संस्करण रहेता अत्यधिक रुपमा नेपाली भाषामा विविध बिषयमा समाचारहरु दैनिक रुपमा प्रकाशित गरिन्छ ।
बिशेष गरि अमेरिकाका ५० वटै राज्यहरुमा नेपालीहरु बसोबास भएको नेपाली समुदायको क्रियाकलाप ,गतिबिधि ,अमेरिकी मूलधारका राजनैतिक गतिबिधि ,लेख ,मनोरंजन ,खेलकुद, ताजा समाचार ,अन्तर्राष्ट्रिय समाचार,अन्तर्वार्ता ,सामाजिक संजाल मार्फत प्रत्यक्ष प्रसारण लगायत थुप्रै गतिविधिलाई समेट्दै अत्यधिक ताजा समाचारहरु प्रकाशित गर्दै आएको छ । समुदाय प्रति समर्पित ईनेप्लिज नि: सर्त र नि:स्वार्थ रुपमा समुदायमा बिगत एक दशक देखि अविरल रुपमा सेवा गर्दै आएको छ । अमेरिकामा मात्र नभई बिश्वब्यापीरुपमा नेपाली समुदायमा ईनेप्लिज पुगेको छ ।
ईनेप्लिज डटकमका संस्थापक तथा प्रधान सम्पादक बिश्व राज थापा हुनुहुन्छ भने हाल उहाँ भर्जिनियामा बसोबास गर्नुहुन्छ। रिपोर्टस क्लबका संस्थापक कोषाध्यक्ष थापा अमेरिकामा बिगत १५ बर्ष भन्दा ज्यादा समय देखि परिवार साथ रहदै आउनु भएको छ।
उहाँले टुडे इन्टरनेसनल,ग्लोबल भ्वाइस ,डेमोक्रेसी दैनिक लगायत पत्र पत्रिकामा काम गरि सक्नु भएको छ। उहाँले अमेरिकामा स्थापित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (इन्जा) तथा नेपाली अमेरिकन पत्रकार संघमा पनि आबद्ध भै काम गरि सक्नु भएको हो।
अन्तिममा यस्तो ब्यक्तित्व र मिडियालाई यो पटक २५००० राशी र कदर पत्रले पुरस्कृत भएको हेर्न पाउँदा हामीलाई गर्व लागेको छ। अझैं उज्ज्वल भविष्यको कामना गर्दै नारायण जयन्ता प्रसाईं नेपाली वेभ जर्नालिजम अवार्ड प्राप्त गर्न सफल हुनु भएकोमा फेरि पनि बधाई तथा शुभकामना व्यक्त गर्दछु।
कमला प्रसाईं
संरक्षक तथा प्रायोजक
एन एण्ड जे ईन्टरटेनमेन्ट एन वाइ इन्क अमेरिका
N& J Entertainment NY Inc America
Messages
प्रतिक्रिया