
केही समयअघि लागेको आरोपबाट सफाइ पाउँदै युवा नेता तथा सांसद सुदन गुरुङ मुलुकको गृहमन्त्रीमा शक्तिशाली पुनरागमन गरेका छन्। प्रधानमन्त्री बालेन शाहले उनलाई देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने मुख्य जिम्मेवारीसहित गृह मन्त्रालयको कमान्ड सुम्पिएका हुन्।
आरोपबाट निर्दोष साबित भएपछि गुरुङ पुन: सिंहदरबार फर्किएका हुन्, जसलाई स्वदेश तथा विदेशमा रहेका नेपालीहरु अत्यन्तै खुसी भएका छन् । मन्त्रालयको पदभार ग्रहण गरेकै पहिलो दिन गृहमन्त्री गुरुङले देशमा सुशासन र न्यायको अनुभूति गराउने गरी चारवटा दूरगामी र महत्त्वपूर्ण निर्णयहरूमा घोषणा गरेका छन्।
१. ‘जेनजी आन्दोलन’ का युवालाई न्याय: विगतका आन्दोलनका क्रममा पक्राउ परेका वा राजनीतिक मुद्दा खेपिरहेका युवा विद्यार्थीहरूको समस्या बुझ्न र उनीहरूमाथिको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउन मन्त्रालयले एउटा विशेष कार्यदल गठन गर्ने निर्णय गरेको छ।
२. राजदरबार हत्याकाण्डको पुनः अनुसन्धान: मुलुकको इतिहासकै सबैभन्दा रहस्यमयी मानिएको वि.सं. २०५८ को राजदरबार हत्याकाण्डको सत्यतथ्य र वास्तविक रहस्य पत्ता लगाउन गृह मन्त्रालयले थप कडा र सुदृढ रूपमा अनुसन्धान अगाडि बढाउने घोषणा गरेको छ।
३. मन्त्रालयको गोपनीयता र डिजिटल सुरक्षा: गृह मन्त्रालयका संवेदनशील एवं गोप्य सूचना तथा दस्तावेजहरू बाहिर चुवाहट हुन नदिन र आन्तरिक सुरक्षा प्रणालीलाई चुस्त राख्न एउटा विशेष ‘निगरानी टोली’ परिचालन गरिने भएको छ।
४. सिआइबीमा विज्ञ टोलीको व्यवस्था:केन्द्रीय अनुसन्धान ब्युरो को कार्यक्षमता बढाउन र अनुसन्धानलाई छिटो, छरितो एवं वैज्ञानिक बनाउन घटनाको प्रकृति अनुसार छुट्टाछुट्टै ‘विज्ञ टोली’ गठन गरेर काम अघि बढाइनेछ।
पहिलो दिनमै चालिएका यी साहसिक र कडा कदमहरूले मुलुकमा व्याप्त दण्डहीनताको अन्त्य हुने र विधिको शासन स्थापित हुने आम नागरिकले विश्वास लिएका छन्।
प्रतिक्रिया