नयाँ पुस्ताको जोस र अनुभवको गतिलो सङ्गम: गृहमा सुधन गुरुङ पुन:आउदै, प्रविधिमा महावीर

इनेप्लिज २०८३ जेठ २६ गते १०:३० मा प्रकाशित

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्ने लक्ष्य सहित गृह मन्त्रालयको चाबी पुन: सुधन गुरुङलाई सुम्पिने र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी महावीर पुन लाई दिने लगभग पक्का गरेका छन् । प्रधानमन्त्री शाहलेगृहमन्त्रीमा गुरुङ र नवप्रवर्तन मन्त्रीमा पुन लाई नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

नेपालको राजनीतिमा जेन-जी आन्दोलनको मुख्य खम्बा र युवा पुस्ताका सबैभन्दा लोकप्रिय नेता सुधन गुरुङको यो पुनरागमनको हल्ला र खबरले बिश्वभरका नेपालीहरु उत्साहित र खुसी भएका छन् ।

विवादका कारण २७ दिनमै राजीनामा दिएका गोरखा–१ का सांसद गुरुङ छानबिनपछि थप शक्तिशाली भएर गृह मन्त्रालय फर्किने भएका छन् । युवाहरूको ढुकढुकी र नयाँ सोचका संवाहक भएकाले उनको आगमनलाई समर्थकहरूले ‘विश्वासको पुनःस्थापना’ भनेका छन्।

अर्कोतर्फ, नेपालको वास्तविक विकासका असली नायक हिरो महावीर पुनको मन्त्री पदमा नियुक्ति हुनु देशकै लागि गौरवको कुरा हो। म्याग्दीका स्वतन्त्र सांसद पुनले देशमा आविष्कार र प्रविधिको क्रान्ति ल्याउन दशकौँदेखि जनस्तरमा उदाहरणीय काम गर्दै आएका छन्। यसअघि पनि मन्त्री भइसकेका पुनको आगमनले नेपाललाई प्रविधिको नयाँ उचाइमा पुर्‍याउने निश्चित छ।

प्रधानमन्त्री बालेनले अहिलेसम्म यी दुवै मन्त्रालय आफैँसँग राखेका थिए। नयाँ मन्त्रीहरूको शपथ ग्रहण आजै हुँदैछ।

प्रतिक्रिया