इरानको दाबी झुटो सावित: दुबईमा अमेरिकी सेनामाथि आक्रमण भएको कुरामा कुनै सत्यता छैन

इजरायलको चेतावनी: "इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन दिँदैनौँ"

इनेप्लिज २०८२ चैत १४ गते १९:०० मा प्रकाशित

इरानको सैन्य बल ‘आईआरजीसी’ ले दुबईमा रहेका अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण गरेको र ५०० भन्दा बढी मानिस हताहत भएको दाबी गरेको छ। तर, अमेरिकी सेन्ट्रल कमाण्ड सामाजिक संजालएक्सले जारी गरेको तथ्य जाँच गर्दा यो दाबी पूर्ण रूपमा झुटो देखिन्छ ।

सैनिक अधिकारीहरुका अनुसार दुबईमा कुनै पनि अमेरिकी सैनिक वा क्षेत्रमा आक्रमण भएको छैन। विज्ञहरूका अनुसार इरानले आफ्नो कमजोर हुँदै गएको सैन्य क्षमता लुकाउन सामाजिक सञ्जालमा यस्ता भ्रम फैलाइरहेको हो।

यसैबीच, समुद्रमा जहाजहरूलाई धम्क्याउने इरानी गतिविधि रोक्न अमेरिकी शक्तिशाली युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’ अरब सागरमा तैनाथ गरिएको छ।

यता इजरायली सैन्य प्रवक्ता बिग्रेडियर जनरल अर्थात् सहायक रथी एफी डेफिनले इजरायलले इरानको आणविक कार्यक्रमलाई ठूलो क्षति पुर्‍याएको बताएका छन्। उनले स्पष्ट शब्दमा भनेका छन्, “इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्ने छैन।” इजरायलले आफ्ना नागरिकको रक्षाका लागि जस्तोसुकै कडा कदम चाल्ने र धम्की दिनेहरूलाई सिधै प्रहार गर्ने चेतावनी दिएको छ।

अर्को एउटा सनसनीपूर्ण खुलासामा, इजरायली सेनाले हिजबुल्लाहका आतंककारी अलि हसन शेबको पहिचान सार्वजनिक गरेको छ। उनी वर्षौंदेखि ‘अल-मनार’ नेटवर्क(संजाल)मा पत्रकारको भेषमा काम गर्दै आएका थिए। तर, वास्तवमा उनी पत्रकार नभएर हेजबुल्लाहका लागि इजरायली सेनाको गोप्य सूचना संकलन गर्ने र सेनापतिहरूसँग सिधै सम्पर्कमा रहने व्यक्ति भएको पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा हेजबुल्लाहले लेबनानबाट करिब २५० वटा रकेट र क्षेप्यास्त्र प्रहार गरेको छ। तीमध्ये धेरैजसो दक्षिणी लेबनानमा रहेका इजरायली सैनिकहरूलाई लक्षित थिए। यी आक्रमणहरूमा परी कम्तीमा ९ जना इजरायली सैनिक घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गम्भीर छ। उत्तरी इजरायलमा अहिले पनि निरन्तर खतराको खतराको घन्टी (साइरन )बजिरहेको छ।

प्रतिक्रिया