नवयुग पुरूष तथा गणतन्त्र नेपालका  नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई हार्दिक बधाई तथा शुभकामना – विजय कुमार चौधरी 

इनेप्लिज २०८२ चैत १४ गते २:४५ मा प्रकाशित

(संयुक्त राज्य अमेरिका)- ANTA–एशोसिएसन अफ नेपाली तराईयन इन अमेरिकाका प्रमुख सल्लाहकार तथा क्यालिफोर्निया राज्य, अमेरिकाका निवर्तमान पर्यटन सद्भावना दूत श्री विजय कुमार चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका जननिर्वाचित प्रधानमन्त्री, प्रथम मधेशी सपुत, नवयुगका प्रतिनिधि तथा नेपालको राजनीतिक इतिहासकै कम उमेरका (३६ वर्षीय) ४७औँ सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई सफल कार्यकालको लागि हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले आफ्नो शुभकामना सन्देशमार्फत अगाडि थप यसरी सुझाव प्रस्तुत गर्नुभएको छः- “ नेपाली समाजवादका प्रणेता तथा वि.सं.२०१५ सालका प्रथम जननिर्वाचीत प्रधानमन्त्री-जननायक विशेश्वर प्रसाद कोइराला पछिको,दोश्रो शक्त्तिशाली जननिर्वाचीत प्रधानमन्त्री सर्वश्री बालेन्द्र शाह नै सबै नेपालीको ढुकढुकीको रूपमा एउटा साझा ब्रह्मअस्त्र रूपी लोकनायक हो।” 

आन्तरिक रूपमा लामो समयदेखि जकडिएको आर्थिक तथा राजनीतिक संरचनागत जडतालाई अन्त्य गर्दै, तथा बाह्य रूपमा तीव्र गतिमा परिवर्तन भइरहेको भू–राजनीतिक परिवेशका चुनौती र अवसरहरूलाई दूरदर्शिता र कुशलतापूर्वक व्यवस्थापन गर्दै, देश र जनताको २१औँ शताब्दीका आकांक्षाहरू पूरा गर्ने शक्ति, क्षमता र सफलता प्राप्त होस्। 

लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र अब सुशासन, पारदर्शिता र समावेशी समृद्धिको नयाँ चरणतर्फ अग्रसर भइरहेको सन्दर्भमा, डिजिटल प्रविधि तथा एआई–मैत्री सोच बोकेको युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुनु समयको माग मात्र नभई अपरिहार्य यथार्थ पनि हो। यस यथार्थलाई आत्मसात गर्दै नयाँ युगको निर्माणमा सबै पक्षको सक्रिय सहकार्य आवश्यक छ।

 नेपालको सर्वोच्च कार्यकारी पदमा आसीन हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा उहाँको सक्षम मन्त्रीमण्डललाई पुनः हार्दिक बधाई व्यक्त गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिन्छ।

काठमाडौँ महानगरपालिकाको मेयरको रूपमा उहाँले प्रस्तुत गर्नुभएको साहसी, परिणाममुखी र जनउत्तरदायी नेतृत्वबाट राष्ट्रिय नेतृत्वसम्मको यो यात्रा नेपालभित्र मात्र नभई विश्वभर रहेका नेपालीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। यो उपलब्धि केवल व्यक्तिगत सफलता नभई पारदर्शी, समावेशी र दूरदर्शी नयाँ नेपालको सम्भावनाको सशक्त संकेत पनि हो

प्रवासी नेपाली समुदाय उहाँको भिजन साकार पार्न आफ्नो अनुभव, सीप र क्षमताका साथ समृद्ध तथा सबल नेपाल निर्माणमा सहकार्य गर्न सधैं तत्पर रहेको विश्वास व्यक्त गर्दछ।

यस ऐतिहासिक जिम्मेवारीको सफलताका लागि उहाँलाई अदम्य साहस, प्रखर बुद्धिमत्ता तथा रूपान्तरणकारी सफलता प्राप्त होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौं।

अन्त्यमा, कसैको अन्धभक्ति वा अनावश्यक आलोचनाबाट टाढा रहँदै, गुण र कमजोरीको यथार्थ मूल्याङ्कनसहित सहकार्य र स्वस्थ प्रतिस्पर्धामा आधारित नयाँ लोकतान्त्रिक संस्कृतिको विकास गरौं भन्ने आह्वान गरिन्छ। यही मार्गले देशलाई समृद्धि र स्थायित्वतर्फ डोर्याउने विश्वास लिइएको छ।

निर्वाचनका क्रममा व्यक्त गरिएका प्रतिबद्धताहरूको अक्षरशः कार्यान्वयन होस् भन्ने शुभेच्छा समेत व्यक्त गरिन्छ।

प्रतिक्रिया