विश्वभर बाल वक्तृत्व कला प्रतियोगिता हुँदै:

सुरेन उप्रेती पाँचथर हाल भिक्टोरिया क्यानडा २०८२ चैत ११ गते ९:५४ मा प्रकाशित

युगकवि सिद्धिचरण प्रतिष्ठान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बाल समितिको आयोजनामा वक्तृत्व कला प्रतियोगिता हुँने भएको छ । प्रत्येक महादेशमा रहेका नेपालीमूलका बालबालिकाहरूलाई नेपाली भाषा साहित्य र संस्कृतिको महत्वबारे जानकारी गराउँने र आकर्षित गर्ने उद्देश्यमा यो कार्यक्रम तय भएको हो । सन्सारभरि छरिएर रहेका नेपाली मूलका बालबालिकाहरूले अङ्ग्रेजी वा नेपाली ,उनीहरूले चाहेको भाषामा आफ्नो वोल्नेकला प्रस्तुत गर्न सक्नेछन् । वक्तृत्वको विषय युगकवि सिद्धिचरण राखिएको छ । नेपालको पहिलो पत्रिका आवाजका प्रधान सम्पादक रहेका सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक पनि हुन । तात्कालिक राणा शासनको क्रूर दमनका विरुद्धमा जनचेतना जगाउने एक नायक पनि हुन । नेपाली साहित्यमा क्रान्ति र हडताल जस्ता शब्दहरूलाई प्रविष्टमात्र गराएनन् व्यवहारमा प्रयोग गरेर युवाहरूमा युगको चेतना भरेका थिए । नेपाली प्रजातान्त्रिक आन्दोलनका नेता गणेशमान सिँ, कम्युनिस्ट पाटीका नेता पुष्पलाल, र शहीद गङ्गालाल श्रेष्ठका प्रेरक थिए । नेपाली प्रथम उपन्यास रूपमतीका लेखक बुबा बिष्णुचरणको महाप्रस्थान
हुँदा सिद्धिचरण जेलमा नै थिए । तात्कालिक राणाहरू भयवित भएर सिद्धिचरणलाई पिताको मृत्युसंस्कारमा आउन पनि दिएन । हाम्रो हिन्दु परम्परा अनुसार छोराले आमाबुबाको मृत्युमा दागबत्ती दिने प्रचलन छ । तर राणाहरू त्रसित भए ।

सिद्धिचरणलाई बाहिर आउन दियो भने युवा देखि बृद्ध समेत उत्रनेछन् र आफ्नो सत्ता ढल्नेछ भन्ने त्रासले बाहिर आउन पनि दिएनन् । सिद्धिचरणका कविताहरूले युवाहरूमा जोस र शाहर भरेको थियो । उनी आफ्नो कलमको माध्यमले सबै मानिसहरू समक्ष सन्देश बनेर पुग्दथे । युवालाई सङ्गठित गर्ने काम गर्दथे । नेपालका चार सहिदहरू उहाँका निकट रहेका व्यक्तिहरू हुनु हुन्थ्यो । सिद्धिचरणसँग सल्लाह र मार्ग निर्दिष्टका सुझावहरू सङ्कलन गर्न पुग्नु हुन्थ्यो । नेपालको राणा विरोधी आन्दोलनमा
मशाल बनेर चिराग छर्ने साहित्यकार  युग द्रष्टा हुन सिद्धिचरण । उनले आठ दशक अगाडि उठाएका लोकतन्त्रको आवाज भर्खरमात्र नेपालमा घनिभूत हुँदै छ । जातीय भेदभाव, असमानताका पराकाष्टका विरुद्धमा झ्याउरे लयमा लेखेको मंगलमानले यधपी प्रतिनिधित्व गर्दैछ । अहिलेका मंगलमानहरू कतार, दुबइ, अरब, र माल्दिप्समा संघर्ष गर्दै छन् । सिद्धिचरणले असम्भव छ भन्नेकुरा झण्डै नब्बे बर्ष पहिला भनेका थिए । भर्खरै नेपालमा आएको परिवर्तनले पनि यसलाई पुष्टी गर्दछ । प्रत्यक महादेशमा हुने यो वक्तित्वकला प्रतियोगिता अष्ट्रेलिया महादेशमा यही अप्रिल महिनाको १८ तारिक शनिबार सिड्नीको समय बिहान ९ बजे हुने छ । त्यस्तै गरी उत्तर अमेरिकाका क्यानडा र अमेरिकामा मे महिनाको १५ तारिक शुक्रबार पूर्विय समय (न्यूयोर्क) साँझ आठ बजे हुनेछ । प्रतियोगितामा प्रथम द्धितिय र तृतियलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने छ ।सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिने छ । सहभागिताका लागि अप्रिल १० सम्ममा अष्ट्रेलियामा र अमेरिकामा मे १० सम्ममा नाम र ठेगाना टिपाइ सक्नु पर्ने छ । अठार बर्ष उमेर सम्मले प्रतियोगितामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया