
इरानले आफ्नो देशमा जमिनबाट आक्रमण भएमा ‘पर्सियन खाडी गल्फ’ भनिने खाडी क्षेत्रका सबै समुद्री मार्गहरूमा ‘नेभल माइन’ अर्थात् समुद्री बम बिछ्याउने चेतावनी दिएको छ। इरानको रक्षा परिषद्ले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो धम्की दिएको हो।
खाडी क्षेत्रमा अमेरिकी जलसेनाको आगमन हुनसक्ने खबरहरू सार्वजनिक भइरहेका बेला इरानले यो कडा प्रतिक्रिया दिएको हो।
इरानको समाचार एजेन्सी(निकाय) ‘फर्स’का अनुसार, यदि कुनै पनि विदेशी शक्तिले इरानको समुद्री किनार वा टापुहरूलाई निशाना बनाउन खोजेमा इरानले बदलामा सबै प्रवेश मार्गहरूमा बम बिछ्याउनेछ।
इरानले सैन्य अभ्यास र स्थापित नियम अनुसार नै यस्तो कदम चाल्ने बताएको छ। यो चेतावनीले विश्वकै व्यस्त समुद्री व्यापारिक मार्गमा ठूलो अवरोध पुग्न सक्ने र तेल आपूर्तिमा समस्या आउन सक्ने देखिएको छ।
यसैबीच, इजरायली सेनाले सोमबार सामाजिक सञ्जाल ‘एक्स ‘ मार्फत इरानको राजधानी तेहरानमा रहेका सरकारी संरचनाहरूमा ठूलो संख्यामा हवाई आक्रमण सुरु गरेको जानकारी दिएको छ। इजरायलले इरानका मुख्य सरकारी केन्द्रहरूलाई लक्षित गरी यो हमला गरेको बताएको छ।
अहिले खाडी क्षेत्रमा तनाव चरम सीमामा पुगेको छ। एकातिर इजरायलले इरानको राजधानीमा बमबारी गरिरहेको छ भने अर्कोतिर इरानले समुद्री मार्ग नै थप्प पारिदिने चेतावनी दिएको छ।
प्रतिक्रिया