स्वास्थ्य सामग्री विद्यालयलाई हस्तान्तरण 

इनेप्लिज २०८२ पुष २३ गते १२:३१ मा प्रकाशित

विराटनगर : रङ्गेली नगरपालिका – १ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहिगाडा  लाई बुधबार रङ्गेली नगरपालिका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र प्रसाद मण्डल ले विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानिया सहायक प्रधानाध्यापक टंकबहादुर खत्री तथा विद्यालयकी नर्स ममता चौधरीलाई प्राथमिक उपचारका औषधि तथा उपकरणहरू विद्यालय परिसरमा हस्तान्तरण गरेका हुन्।

रंगेली नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ देखि पारिकाभित्रका तीनवटा विद्यालयलाई नर्सिङ सेवा सुविधा दिएको हो। रङ्गेली नगरपालिका — ६ स्थित पब्लिक माध्यमिक विद्यालय तथा गणेश माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयलाई यो सुविधा प्रदान गरेको स्वास्थ्य शाखा अधिकृत भूपेन्द्र प्रसाद मण्डलले जानकारी दिए। विद्यालयमा स्वास्थ्य नर्सिङ कार्यक्रम अन्तर्गत तीनवटा  माध्यमिक विद्यालयले विद्यालय स्वास्थ्य नर्सिङ सेवा प्राप्त गरेका छन्।

विद्यालयमा हुने सामान्य चोटपटक रुघाखोकी पेट दुखाई ज्वरो लगायत का प्राथमिक उपचार विद्यार्थीहरूले विद्यालयमै प्राप्त गरेकोमा विद्यार्थीहरू पवित्र प्रधान सृष्टि भुजेल मन्तोषी मुडियारी ओम कुमार बस्नेत समीक्षा खवास लगायतले खुसी व्यक्त गरे। सो अवसरमा प्रधानाध्यापक केशरबहादुर बानियाले रंगेली नगरपालिका स्वास्थ्य शाखा लाई धन्यवाद दिएका थिए । आगामी दिनहरूमा पालिका अन्तर्गत सबै माध्यमिक विद्यालयहरूमा विद्यालय स्वास्थ्य नर्सिङ सेवा कार्यक्रम ल्याउन नगरपालिकालाई  प्रधान अध्यापक बानियालेअनुरोध गरेका थिए। 

प्रतिक्रिया