गीतकार पद्मा लिंखा मगरको “बाटो अलग अलग“ सार्वजनिक

इनेप्लिज २०८२ असोज २८ गते १०:०७ मा प्रकाशित

काठमाडौं, — नेपाली संगीतको क्षेत्रमा एउटा नयाँ गजल “बाटो अलग अलग“ सार्वजनिक भएको छ, जसले सांगीतिक जगतमा नयाँ लहर ल्याएको छ । थानेश्वर गौतम को स्वर र संगीतमा रहेको यो गीत नेपाली संगीतको भव्यता र विविधतालाई सम्मानित गर्ने प्रयास गरिएको छ ।

गीतका रचनाकार पद्मा लिंखा मगर र थानेश्वर गौत्तमको संगीत तथा नारायण दंगालको संगीत संयोजनले गीतलाई गहिरो भावनात्मक र संगीतात्मक दृष्टिले सजीव बनाएका छन्। गजलमा भुवन गन्धर्व लयको जिम्मेवारी ले निर्वाह गरेका छन्, जसको परिणाम स्वरूप संगीतको हर एक सुरमा समृद्धि र गहिराइ देखिन्छ।

यस गजलमा गोपाल देव को बाँसुरी र मनिष गन्धर्व को सारंगीको प्रयोगले गीतको भावना अझै गहिरो र प्रभावशाली बनाएको छ। साथै, लक्ष्मण सेन्चुरी द्वारा रेकर्डिङ र बिमल चिन्नाल द्वारा मिश्रण र मास्टरिङ गरिएको यस गीतको संगीत उत्कृष्ट बनेको छ।

गजल को भिडियोमा प्रमुख कलाकार पुष्पा खड्का, अञ्जना पुन र सुधीर श्रेष्ठ रहेका छन्। सुधीर श्रेष्ठको अतिथि उपस्थिति यस गीतमा विशेष आकर्षणको रूपमा प्रस्तुत गरिएको छ। रामजी लामिछाने द्वारा निर्देशित र कोरियोग्राफ गरिएको यस गीतको भिडियो संगीतको भावनालाई सजीव रूपमा प्रस्तुत गर्दछ। भिडियोको सिनेमाटोग्राफी मन कृष्ण महर्जन द्वारा गरिएको छ भने, सहायक सिनेमाटोग्राफरको रूपमा सुवास महर्जन र नवराज खड्का को योगदान महत्वपूर्ण छ।गीतको सम्पादन बन्दे प्रसाद र सह सम्पादक उमेश थापा मगर ले गरेका छन्।

“बाटो अलग अलग“ गजल “नजर – ६ (गजल)“ एल्बमको एक हिस्सा हो र गतिशील रेकर्डिङ स्टुडियो मा रेकर्ड गरिएको हो। यो गीत नेपाली गजल संगीतको आधुनिक प्रस्तुतीको रूपमा दर्शक वर्गमा नयाँ प्रभाव छोड्ने क्रममा छ।

नयाँ एल्बमसँगै नेपाली संगीतको एक नयाँ ढाँचा प्रस्तुत गरिएको छ, जसले दर्शक र श्रोतामाझ गहिरो छाप पार्ने अपेक्षा राखेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया