रुद्रबहादुर खड्का
काठमाडौँ, २०८२ जेष्ठ १३
राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप बहादुर मगरले आयोगको २५ औँ वार्षिकोत्सव समारोहमा मन्तव्य व्यक्त गर्दै मानव अधिकारसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरूको नेपाल पक्ष राष्ट्र हो । यसर्थ मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्ति सम्बन्धी दायित्व पूरा गर्ने जिम्मेवारी राज्यको रहेको बताउनुभयो । यसैगरी मुलुकले ती दायित्वहरू पूरा गरे–नगरेको विषयमा निगरानी गर्ने तथा दायित्व बहन गराउँनका लागि उत्तरदायी बनाउने जिम्मेवारी राष्ट्रिय मानव अधिकार आयोगसँग रहेको उल्लेख गर्नु भयो ।
२०८१÷८२ को आयोगमा उल्लङ्घनसम्बन्धी ५८ वटा उजुरीहरू दर्ता भएका छन् भने १६४ वटा उजुरीहरु फर्छोट गरिएको बताउनुभयो ।आयोगले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सिफारिसहरु गर्दै अएको छ । तर आयोगले गरेका सिफारिसहरुको कार्यान्वयन न्यून रहेको जानकारी दिनुभयो । क्षतिपूर्तिको हकमा केही कार्यान्वयन भएपनि कारवाहीका लागि गरिएका सिफारिसहरु कार्यान्वयन भएका छैनन् । यसरी कारवाहीका लागि आयोगबाट गरिएका सिफारिसहरु कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाएको बताउनुभयो ।
सूचना प्रवाहको कार्यमा खटिइरहेका सञ्चारकर्मीहरु नै असुरक्षित भएको, समाचार सङ्कलनका लागि खटिँदा उनीहरुलाई हतोत्साही बनाइएको, सञ्चार गृहहरुमाथि समेत क्षति पुगेको कारण अभिव्यक्ति स्वतन्त्रता नै उल्लेख भएको बताउनुभयो ।
कार्यक्रममा माननीय पूर्व प्रधानन्याधीसज्यूहरू, संसदीय समितिका माननीय सभापतिज्यू, संवैधानिक निकायका प्रमुख तथा सदस्यज्यूहरु, राष्ट्रिय मानव अधिकार आयोगका सचिव, सुरक्षा निकायका प्रमुखज्यूहरु, महामहिम राजदूत तथा विदेशी पाहुनाहरु, विभिन्न राजनीतिक दलका नेतागण, आयोगका पूर्व सदस्यज्यूहरु, गैरसरकारी संस्था महासंघका अध्यक्षज्यू, नागरिक समाजका व्यक्तित्वहरु, मानव अधिकारकर्मीज्यूहरु, विभिन्न पेशागत संघसंस्थाका प्रमुख तथा प्रतिनिधीज्यूहरु, उद्योग व्यवसायी, राष्ट्रसेवक कर्मचारीहरु, संचारकर्मीहरु तथा आयोगका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा आयोगले सर्वोत्कृष्ट मानव अधिकार सेवा पुरस्कार श्री पवनकुमार भट्ट, उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार मानव अधिकार अधिकृत श्री खिमानन्द बस्याल र मानव अधिकार अधिकृत श्री मन्दिरा श्रेष्ठ तथा मानव अधिकार सेवा पुरस्कार सुरक्षा गार्ड श्री खगेन्द्र थापामगर लाई प्रदान गरिएको थियो ।
प्रतिक्रिया