अमेरिकाको लुजियाना राज्यको न्यु अर्लेन्सको एक कारागारबाट गत हप्ता १० कैदी भागेका पाँचौँ कैदी पक्राउ परेका छन्। प्रहरीले जनाएअनुसार २९ वर्षीय केसि स्मिथले भाग्न दुई कैदीलाई सहयोग गरेका थिए। उनलाई ‘सिम्पल एस्केप’ (सजिलो जेल फरार ) पछिको सहयोगीको आरोपमा हिरासतमा लिइएको हो।
लुजियाना राज्यकी महान्यायाधिवक्ता लिज मुरिलले पहिले नै जेलमा रहेका ट्रेवोन विलियम्समाथि पनि नयाँ अभियोग लाग्ने शुक्रबार घोषणा गरिन् ।
यसअघि बिहीबार लुजियाना राज्य प्रहरीले ५९ वर्षीया कोनी वीडेनलाई पनि पक्राउ गरेको थियो। उनीमाथि कैदी जर्मेन डोनाल्डसँग भाग्न अघि र पछि घुम्ती यन्त्र ( मोबाइल )मार्फत सम्पर्क गरेको र मुद्धा पठाएको अभियोग छ।
डोनाल्ड पाँच जना अझै फरार रहेका कैदीमध्ये एक हुन्। बाँकी पाँच जना पक्राउ परिसकेका छन्। फरार र पक्राउ परेका सबै १० जनाको तस्बिर ओरलियन्स पारिश शेरिफको कार्यालयले सार्वजनिक गरिसकेको छ।
सोमबार, कारागारको मर्मतसम्भारमा कार्यरत ३३ वर्षीय स्टर्लिङ विलियम्सलाई पनि पक्राउ गरिएको थियो। उनले कैदीलाई भाग्न मद्दत गर्न एक शौचालयको भित्ताबाट पर्खाल तोड्न मिल्ने गरी पानी आपूर्ति बन्द गरेको आरोप छ।
बुधबार थप दुई व्यक्ति ३२ वर्षीया कोर्टनी ह्यारिस र ३८ वर्षीय कोर्वान्टे बाप्टिस्टलाई पनि गिरफ्तारी गरिएको छ।
मई १६ को बिहान जेलको ढोका र पर्खाल तोडेर सुरु भएको यस साहसी फरारको श्रब्यदृश्य (भिडियो )त्यहाँ राखिएको भित्ते चित्रग्राहिणी (क्यामरा)मा कैद भएको छ। कैदीहरूले पर्खाल चढेर निर्माणस्थल हुँदै राजमार्ग पार गरेका थिए। जेल प्रशासनलाई उनीहरू फरार भएको थाहा पाउन ७ घण्टा लागेको थियो ।
पक्राउ परेका सबै व्यक्ति हाल विभिन्न कारागार राखिएका छन् र अनुसन्धान जारी छ।
प्रतिक्रिया