अमेरिकाको वेस्ट (पश्चिम )भर्जिनियाको एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनको कोइला खानी मजदुरहरूको कालो फोक्सो रोग परीक्षण कार्यक्रमको कटौतीसँग सम्बन्धित स्वास्थ्य कर्मचारीहरूको व्यापक हटाउने प्रक्रियालाई अस्थायी रूपमा रोक लगाएका छन्।
यस निर्णयले ट्रम्प प्रशासनलाई अर्को ठूलो झटका दिएको छ ।
न्यायाधिश आइरेन बर्गरले मङ्गलबार स्वास्थ्य र मानव सेवा सचिव रोबर्ट एफ. केनेडी जुनियरलाई मोर्गन टाउन(शहर)पश्चिम भर्जिनियामा रहेको ह्वाइटलिङ कोल माइनर्स(कोइला कारखाना)का लागि कालो फोक्सो रोगको परीक्षण कार्यक्रम चलाउने स्वास्थ्य कर्मचारीहरूको पुनर्नियुक्ति गर्न आदेश दिएका छन्।
बर्गरले भने, “यी अनुभवी र समर्पित कर्मचारीहरूको सेवाहरू गुमाउनु भनेको खानी मजदुर र जनतामा अपरिवर्तनीय क्षति पुर्याउनु हो, जसलाई बेवास्ता गर्न मिल्दैन।”
यससँगै बर्गरले स्वास्थ्य सचिव केनेडीलाई समेत प्रश्न गरेका छन् । उनले के स्वास्थ्य तथा मानव सेवा विभागका सचिवले साँच्चिकै कालो फोक्सो रोगबाट पीडित खानी मजदुरलाई अझ बढी चोट पर्दैन भन्ने विश्वास गर्दैननन् त ?
यसअघि मङ्गलबार प्रशासनले वेस्ट भर्जिनियामा नेशनल इन्स्टिच्युट फर अक्सुपेसनल सेफ्टी एन्ड हेल्थका १०० संघीय कर्मचारीहरूलाई पुनर्नियुक्ति गरेको थियो।
प्रतिक्रिया