अष्ट्रेलियामा नेपाली बालदूतहरू नेपाली भाषा जोगाउन जुटे:

सुरेन उप्रेती २०८१ चैत ८ गते १०:२८ मा प्रकाशित
Screenshot

मार्च २२,२०२५ शनिबारका दिन अष्ट्रेलियाका बिभिन्न शहरमा रहेका बालबालिकाहरूले जूममा जोडिएर कविता वाचन गरे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले डायस्पोरामा रहेका नेपालीहरूको दोश्रो र तेश्रो पुस्तामा नेपाली भाषा, साहित्य संस्कृति र सम्पदालाई जोगाउन पहल शरु गरेको छ । दोश्रो र तेश्रो पुस्ताले भाषा र साहित्य जोगाउन सक्यो भनेमात्र नेपाली पहिचान जोगिने छ । नत्र भने समुन्द्रमा हराएको डुँगा जस्तै भएर पहिचान हराउने छ भन्ने बोध गर्दै सबैलाई सुसूचित गर्दै अगाडि बढेको ।

अन्तर्राष्ट्रिय नेपाली सfहित समाज (अनेसास बाल समितिले बिभिन्न देशका बालबालिकाहरूलाई कविता वाचन गराई कविता क्यालेण्डर निकाल्ने योजना बनाएको छ । प्रवासमा छरिएर रहेका नेपाली बालबालिकाहरूलाई नेपाली भाषा साहित्य र संस्कृति सिकाउन सकेमात्र प्रवासमा रहेका नेपालीहरूको पहिचान रहने छ भन्ने मूल धेयका साथ शुरू भएको अभियानमा क्यानडा र अमेरिकाका बालबालीकाहरूसँगै अष्ट्रेलिया पनि जुटेका छ । फेब्रुअरी २२मा क्यानडाका बालबालिकाहरूले कविता वाचन गरेका थिए । त्यस्तै गरी फेब्रुअरी २८मा अमेरिकामा रहेका बालबालिकाहरूले कविता वाचन गरेका थिए ।

क्यानडा र अमेरिका पछी अष्ट्रेलियाका बालबालिकाहरू जुटेर आआफ्ना कविता वाचन गरे । सिड्नी, मेलवर्न, पर्थमा रहेका नेपाली पाठशालाहरूका बिधार्थीहरूले कविता ,भजन, मन्त्रोच्चरण र यात्रा संस्मरणहरू वाचन गरी सुनाएका थिए । अनेसास वाल समितिका सल्लाहकार डाक्टर प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बालसमिति सदस्य बिष्णु घिमिरेले मिठव ढंगले कार्यक्रमको सहजिकण गर्नु भएको थियो ।

Screenshot

त्यस्तै गरी समितिका अर्का सदस्य सुदिप श्रेष्ठले कार्यक्रमको बारे र नेपाली भाषा साहित्य र संस्कृतिको बारेमा प्रकाश पार्दै स्वागत गर्नु भएको थियो । कार्यक्रममा अनेसास केन्द्रका महासचिव राजु सिटौलाले कविता वाचन गर्ने बालबालिका र अभिभावकहरूको मुक्त कण्ठले प्रशंसा गर्दै शुभकामना र बधाई पनि दिनु भयो । अनेसास बालसमितिका संयोजक सुरेन उप्रेतीले कार्यक्रमको उद्देश्य, आवश्यकता र अपरिहार्यता माथि प्रकाश पार्नु भयो । सबै बालबालिकाहरूले नेपाली भाषा सिक्नु पर्ने र अविभावकहरूले मद्त गर्नु पर्ने कुरामा जोड दिनुभयो । भाषा हरायो भने पहिचान हराउनेछ भन्नु भयो । कार्यक्रमको सुन्दर पक्ष भनेको एघार बर्षिया आयम घिमिरेले मिठो र सुन्दर ढङ्गले कार्यक्रममा उद्घोषण गरेका थिए । कार्यक्रममा नेपाली भाषा पाठशालाका गतिविधिहरू सांस्कृतिक कार्यक्रम र कला कक्षाहरू र विद्यार्थीहरूले पढ्दै गरेको पाठशाला सञ्चालनमा पहल गर्दै आउनु हुने शिक्षा प्रेमी शौरभ किरण श्रेष्ठ र प्रकाश कोइरालाले द्वयले जूममा देखाउनु भएको थियो । कार्यक्रमको अन्त्यमा सभापतिको आशनबाट बोल्दै प्रकाश पौडेलले क्यालेण्डरका लागि चाहिने कविता फोटो जन्म महिना र कक्षा पठाउने ईमेल ठेगाना दिनु हुँदै सबै सहभागीहरू नानीबाबुहरू र अविभावकलाई धन्यवाद दिनु भयो । कार्यक्रम पश्चात अन्तर्क्रिया कार्यक्रम पनि भएको थियो ।

सुरेन उप्रेती

साहित्यकार/कवि

प्रतिक्रिया