हमासले शनिबार इजरायलले गाजा क्षेत्रमा हालको युद्धविराम सम्झौता कार्यान्वयन गरे पछि मात्र इजरायली-अमेरिकी बन्धक एडान अलेक्जान्डरलाई केवल त्यतिखेर मात्र रिहा गरिने घोषणा गरेको छ ।
२१ वर्षीय अलेक्जान्डर गाजा क्षेत्रमा हालसम्म जीवित रहेका अन्तिम अमेरिकी बन्धक हुन्।
हमासका एक वरिष्ठ अधिकारीले एपीलाई बताए अनुसार युद्धविरामको दोस्रो चरणको वार्ता बन्धकको रिहाइ हुने दिनबाट सुरु हुनु पर्नेछ । अधिकतम ५० दिनभित्र पूरा गर्नुपर्नेछ। साथै, इजरायलले मानवीय सहायता प्रवेशमा लगाइएको रोक हटाउनुपर्नेछ र गाजाको इजिप्टसँगको सीमा नजिकको रणनीतिक मार्गबाट फिर्ता जानुपर्नेछ।
हमासले यसलाई “असाधारण सम्झौता” भनेको छ, जसले युद्धविरामलाई पुनःसञ्चालन गर्ने लक्ष्य राखेको छ। अधिकारीका अनुसार, हमासले थप प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्न माग पनि गरेको छ।
गत शुक्रबार, हमासले मध्यस्थकर्ताहरूद्वारा प्रस्तावित सम्झौता अनुसार अलेक्जान्डरलाई अन्य चार बन्धकहरूको शवसँगै रिहा गर्न सहमति जनाएको थियो। बन्धक तथा बेपत्ता परिवार मञ्च(होस्टेजेज एन्ड मिसिङ फ्यामिलीज फोरम)का अनुसार, अलेक्जान्डरलाई शनिबारसम्म ५२६ दिनसम्म बन्धक बनाइएको छ।
यो बीचमा, कतारमा इजरायल-हमास युद्धविरामको दोस्रो चरणबारे वार्ता भइरहेको छ। पहिलो चरण मार्च १ मा समाप्त भएको थियो।
मध्यपूर्वका विशेष दूत स्टिभ विटकोफको कार्यालय र राष्ट्रिय सुरक्षा परिषदले संयुक्त वक्तव्यमा राष्ट्रपति ट्रम्पले स्पष्ट पारि सकेको बताउदै हमासले तुरुन्तै बन्धकहरूलाई रिहा गर्न आह्वान गरेको अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् ।
विटकोफ र राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक एरिक ट्राजरले युद्धविरामलाई रमजानसम्म लम्ब्याउने र स्थायी युद्धविरामको ढाँचा तयार पार्न समय दिने प्रस्ताव प्रस्तुत गरेका छन्।
शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो मन्त्रीपरिषदलाई वार्ताको विस्तृत जानकारी दिई बन्धकहरूको रिहाइका लागि अगाडि बढ्ने योजना तय गर्ने अपेक्षा गरिएको छ।
यसैबीच बन्धक तथा बेपत्ता परिवार मञ्च( होस्टेजेज एन्ड मिसिङ फ्यामिलीज फोरम)का अनुसार इजरायलभरि शनिबार प्रदर्शनहरू आयोजना हुनेछन्, जसमा बाँकी रहेका ५९ बन्धकहरूको रिहाइको माग गरिनेछ। मुख्य प्रदर्शनहरू तेल अभिव, शा’र हानेगेभ जंक्शन, कार्मी गाट र यरुशलममा हुनेछन्।
एडान अलेक्जान्डर को हुन् ?
अलेक्जान्डरले आफ्नो अधिकांश जीवन अमेरिकाको न्यु जर्सीमा बिताएका थिए । तर उनी इजरायलमा जन्मिएका हुन् । माध्यमिक बिद्यालय पूरा गरेपछि उनले महाबिद्यालयमा भर्ना हुनुको बदला सट्टा इजरायली रक्षा बल (आइडिएफ ) मा भर्ती भएका थिए ।
अक्टोबर ७, २०२४ मा जब हमासले इजरायलमा आक्रमण सुरु गर्यो उनि गोलेनी वाहिनी (ब्रिगेड)मा सेवा गरिरहेका थिए । उनि त्यस बेला गाजाको नजिक गस्ती गरिरहेका थिए। त्यस आक्रमणमा १२०० इजरायलीहरू मारिए र २५१ जना बन्धक बनाइए, जसमा अलेक्जान्डर पनि परे।
उनकी आमा याएल अलेक्जान्डरले दिएको एक अन्तर्वार्तामा आफ्नो छोराको अपहरणको दिन सम्झिइन्। उनले बताइन् अक्टोबर ७ को बिहान अलेक्जान्डरले आफू सुरक्षित रहेको बताए तापनि “डरलाग्दो दृश्यहरू” देखिरहेको बताएका थिए। त्यसपछि उनलाई हमासले अपहरण गर्यो।
नोभेम्बर ३०, २०२४ मा, हमासले अलेक्जान्डरको श्रब्यदृश्य (भिडियो) सार्वजनिक गर्यो, जहाँ उनले हिब्रू र अरेबिक भाषामा बोल्दै नेतन्याहू र त्यसबेलाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबारे सन्देश दिएका थिए। यो श्रब्यदृश्य (भिडियो )अन्य बन्धकहरू जस्तै जबरजस्ती हमासद्वारा तयार पारिएको प्रचार सामाग्री थियो।
प्रतिक्रिया