आज फेब्रुअरी २८ शुक्रबारका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको विवादास्पद बैठकपछि रिपब्लिकन अमेरिकी राजनीतिज्ञहरूबीच विभिन्न प्रतिक्रियाहरू दिएका छन् ।
सिनेटर लिन्डसे ग्राहमले जेलेन्स्कीको व्यवहारलाई “असम्मानजनक” भन्दै, उनले जेलेन्स्कीले “राजीनामा दिनु वा आफ्नो दृष्टिकोण परिवर्तन गर्नु” पर्ने सुझाव दिएका छन्।
त्यस्तै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले जेलेन्स्कीको दृष्टिकोणको आलोचना गर्दै उनले अमेरिकी योगदानप्रति बढी सम्मान देखाउन आग्रह गरेका छन्।
यस घटनाले अमेरिकी राजनीतिमा युक्रेनप्रतिको समर्थन र रूससँगको सम्बन्धबारे गहिरो विभाजनलाई उजागर गरेको छ। रिपब्लिकन दलभित्र केही नेताहरू ट्रम्पको दृष्टिकोणसँग सहमत छन् भने अन्यले युक्रेनलाई निरन्तर समर्थनको आवश्यकता औंल्याएका छन्।
सिनेट ऊर्जा तथा प्राकृतिक स्रोतका अध्यक्ष माइक लीले देशको पक्षमा उभिएको र अमेरिकालाई पहिलो स्थानमा राखेको भन्दै राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्सलाई धन्यबाद दिएका छन् ।
सिनेट रिपब्लिकनको अभियान शाखाको नेतृत्व गरिसकेका सिनेटर रिक स्कटले ट्रम्पलाई अमेरिकाको सर्वोत्तम हितको लागि उभिएकोमा धन्यवाद दिँदै एक विज्ञप्ति जारी गरे।
सिनेटर जोश हाउली जो लामो समयदेखि युक्रेनलाई सहायता पठाउने विरोध गर्दै आएका छन् । रक्षा सचिव पिट हेगसेथले पनि ट्रम्पको भनाइलाई समर्थन गरे र जेलेन्स्कीले अमेरिकाको “अनादर” गरेको आरोप लगाए ।
प्रतिक्रिया